होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनको भान्जा १९ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले पक्राउ परेको हो । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार गत मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेका थिए […]
नागरिक रैबार बाजुरा ९ मंसिर। बाजुरामा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एकजना प्रकाउ परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्ली(तलगाउँ) का १९ वर्षीया किसन विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घरमा चोरी गर्न लागेका अवस्थामा स्थानीयले फेला परी प्रहरीलाई खबर गरेपछि बिहान २ः३० बजे बाउली बजारबाट उनलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको […]
गोरखाको आरुघाट गाउँपालिका-४ थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी समेतको कुटपिटबाट सोमबार दिउँसो मृत्यु भएको छ । भाइबुहारी डल्ली बराम र डल्लीकै छोरी निशा बरामले गत शनिबार दिउँसो कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मृत्युको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी […]
युवाहरूबीच ग्याङ फाइटमा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर […]
काठमाडौंको चौमती र दक्षिणकालीबाट प्रहरीले २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताए । यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलबाट ४५ वर्षीय राजेन्द्र श्रेष्ठ सहित १४ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त […]
धनगढी । कैलालीमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, […]
धनगढी । कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका […]
विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त […]
गलेश्वर: सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ। बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो। तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले […]
कैलाली : कैलाली प्रहरीले जुवाखालबाट १८ जनालाई पक्राउ गरेको छ। सोमबार बिहान करिब २ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३६ वर्षीय शुनिल चौधरी, वर्ष ३८ का टेकबहादुर रोकाया, वर्ष ३८ का चन्द्र सापकोटा, वर्ष ३३ का हेमबहादुर बम, वर्ष ४६ का विन्द्र थापा, वर्ष […]
नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन […]
१० कात्तिक, धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ । अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला […]
देवघाट : नेपाल कम्युनिष्ट पार्टी एमालेले आज देशभर आयोजना गरेको वडा अधिवेशन कार्यक्रम अन्तर्गत तनहुँको देवघाट गाउँपालिका ५ नं. वडाको अधिवेशनमा भने लफडा परेको छ। वडा कमिटि अध्यक्ष चयनमा सर्वसम्मत भएपनि उपाध्यक्ष चयनमा विवादले उग्ररुप लिदा मुक्का हानहान समेत भएको हो। उपाध्यक्षमा आत्मराम पाण्डे र गिता ढकाल २ जनाको दावी परेपछि विवाद सुरु भएको थियो। […]
मुगुमा घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाउँपालिका-१० डुवाना बस्ने अम्मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावल सहित ३ जना बच्चाहरुले खेलाउने […]
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ […]
तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको […]
काठमाडौं/बुटवल । स्थानीयको विरोधका बीच गत फागुनमा शिलान्यास भएको मोतीपुर औद्योगिक क्षेत्रमा कुनै काम हुन सकेन । बरु वैशाख पहिलो साताबाट सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी टहरा बनाउने र कोही नभएको बेला प्रहरीले भत्काउने लुकामारी चल्दै आएको थियो । आइतबार त्यही खेल हिंसात्मक बन्दा चार जना नागरिकको ज्यान गएको छ, दुई दर्जन घाइते भएका छन् […]
धनगढी । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी मन्दिर नजिकबाट दुई जना र १३ को राजपुरबाट चार जनालाई पक्राउ गरिएको जानकारी दिए । एसपी […]
नुवाकोट । प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका-४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको […]
अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमा अन्तर्गत रामनगर […]