होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता […]
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् । ‘मेरो आफ्नो […]
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । पललाई पक्राउन गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए । उनको […]
नागरिक रैबार/बाजुरा १२ फागुन । बाजुरामा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन ।पक्राउ पर्नेमा बाजुरा, बुढीनन्दा नगरपालिका वडा नं. ८ लमालबाडा बस्ने १९ वर्षीय धन बहादुर रावत रहेको प्रहरीले जनाएको छ । रावतले बालिकालाई केहिदिन पहिला राती पीडित सुतेको घरकोठा भित्र प्रवेश गरी जवर्जस्ती करणी गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । यस […]
अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।१७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन। विस्तृत विवरण […]
धनगढी : कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्काका ३९ वर्षीय गोपी ओखेडा ३ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घर र पसलमा खान तलासी गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनको […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ परेका छन । उनले दलित समुदायका एक जनालाई अश्लिन सब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । उनको नाममा ३ दिन पहिले एक जना दलितलाई डुम शब्द […]
काठमाडौँ — टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने […]
उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए । बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती […]
जनकपुरधाम । मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर हत्या गरेको खुलेको छ । भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको […]
धनगढी : कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो। ‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको […]
काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका […]
नागरिक रैबार/बाजुरा ५ फागुन। कारागार भित्रबाट प्रहरीले ३ वटा मोवाइल बरामद गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक नारायण सिंह नेगीको कमाण्डमा खटिएको प्रहरीको टोलीले कारागार भित्र चेकजाँच गर्दा ४ वटा मोवाईल बरामद गरेकाे हाे । कारागार कार्यालयमा रहेका कैदी थुनुवाहरुले मोवाईल लुकाइ छिपाइ चलाई रहेको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच […]
काठमाडौँ – भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् । चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको […]
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोलामा श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले हसिया प्रहार गर्दा अन्दाजी ४१ वर्षीया श्रीमती सीताको मृत्यु भएको प्रहरीले बताएको छ । शुक्रबार बिहान १० बजे परियारले श्रीमती सीतामाथि हसिया प्रहार गरेको र उनको मृत्यु […]
कञ्चनपुर: कञ्चनपुरको एक पसलबाट चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। यहि माघ २१ गते राति भीमदत्त नगरपालिका–१८ स्थित पदम रैकालको पसलबाट सामान चोरी गर्ने २ जना पक्राउ परेका हुन्। पसलबाट गुट्का चाउचाउ, बिस्कुट लगायतका समान चोरी गरेको आरोपमा सोही वडाका विशाल चौधरी र शाहिल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको […]
गण्डकी: प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। विज्ञापन इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए। पक्राउ परेका कुमालको साथबाट प्रहरीले डाइजोपाम–४६ एम्पुल, फेनारगन–४३ एम्पुल र नुर्फिन–४३ एम्पुल गरी कुल १३२ […]
धनगढी : बाजुरामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरका एक शिक्षक पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ झलारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगून्ना पक्राउ परेका हुन्। उनले राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्दा दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको […]
बैतडी : बैतडीमा प्रहरीले हत्याको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्। महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको […]
धनगढी : बैतडीको सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थी हत्या प्रकरणमा पक्राउ परेका थप दुई जना धरौटीमा रिहा भएका छन्। केही दिन अगाडि मात्रै परिवारको जाहेरीका आधारमा पक्राउ परेका गाउँका शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई जनही ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सो प्रकरणमा हत्या स्वीकारेका नवराज अवस्थी […]