होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२०७६ बैशाख २० शुक्रबार १३:५४:०० | हावडा भारतमा यतिखेर लोकसभा निर्वाचन जारी छ । यस्तोमा चुनावी सुरक्षाका लागि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्सका एक २६ वर्षे जवानले छुट्टी नदिएको भन्दै बिहीबार इन्सास राइफलबाट १३ राउण्ड गोली चलाउँदा उनका सिनियरको मृत्यु भएको छ भने अन्य दुई गम्भीर […]
लोकसभा चुनावलाई लक्षित गरेर मतदान अगावै प्रदर्शन गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि भारतमा एउटा फिल्म बनेको थियो, ‘पीएम नरेन्द्र मोदी’ । तर उक्त फिल्मले लोकसभा चुनाव प्रभावित पार्ने भन्दै विपक्षी भारतीय कांग्रेसलगायतका दलले विरोध जनाए । भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध व्यक्तिहरुले निर्माण गरेको उक्त फिल्म हेर्ने मतदातालाई त्यसले प्रभावित पार्नसक्ने र त्यो […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाल र ओमनबीच गर्ने भनिएको श्रम सम्झौताको मस्यौदामा दुई पक्षीय सहमति शुक्रबार भएको छ । नेपाल र ओमनका उच्चस्तरीय श्रम अधिकारीहरु संलग्न प्राविधिक टोलीको बिहीबार शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति भएको हो । सहमति भएको मस्यौदामा दुवै देशका अधिकारीहरुले हस्ताक्षर गरेको छ ।
चिनियाँ प्रहरीले सिन्जियाङ प्रान्तमा लाखौँ उइगुर मुस्लिम आदिवासीका गतिविधिबारे विवरण राख्न एउटा मोबाइल एपको प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ। बिहीवार सार्वजनिक एउटा प्रतिवेदनका अनुसार ठूलो सङ्ख्यामा मानिसहरूमाथि निगरानी राख्नका लागि सो एपको निर्माण गरिएको हो। उइगुर मुस्लिम आदिवासीले गर्ने सामाजिक गतिविधि, धेरै मात्रामा बिजुली प्रयोग गर्ने कुरा अथवा देशबाहिर […]
वैशाख १९ एभेन्जर्स इन्डगेम यो वर्षको सबैभन्दा बढी प्रतीक्षित फिल्म थियो। यो फिल्म प्रदर्शन हुनेबित्तिकै संसारभरका मल्टिप्लेकसमा दर्शकको भीड लागेको छ। फिल्मले पहिलो दिनमै ३५ करोड डलर व्यापार गर्यो भने ६ दिनसम्म आइपुग्दा विश्वभरबाट एक अर्ब २० करोड डलरभन्दा बढीको व्यापार गरिसकेको छ। फिल्ममा थुप्रै सुपर हिरोजलाई एभेन्जर्सको रूपमा देख्न सकिन्छ। यो फिल्मलाई आजसम्मकै महŒवाकांक्षी […]
१९ बैशाख नयाँ दिल्ली (भारत) संयुक्त राष्ट्र संघले बुधवार पाकिस्तानी चरमपन्थी समूह जैश ए–मोहम्मदका नेता मसूद अजहरलाई आतंककारी घोषणा गरेको छ । यो संगठनले गत फेब्रुअरीमा भारत नियन्त्रित काश्मिरमा आत्मघाती बम आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी ४० भारतीय सैनिकको ज्यान गएको थियो । यसअघि चीनले अजहरलाई आतंककारी घोषणा गर्ने विषयमा आपत्ति व्यक्त गर्दै […]
काठमाडौं– अमेरिकामाथि सेप्टेम्बर ११, २००१ को झैं आतङ्कवादी हमला नहुने अमेरिकाले सुनिश्चितता चाहेको छ । पछिल्ला वर्षमा अमेरिकाले प्रत्यक्ष सैनिक कमान्ड नेटोलाई हस्तान्तरण गर्नुका साथै त्यहाँ तैनाथ सैनिकको जिम्मेवारीमा पनि परिवर्तन गरेको छ । अफगानिस्तानमा आफ्ना सैनिक मारिने जोखिम बढ्दै गएपछि अहिले त्यहाँ तैनाथ नेटो सेनाले अफगान सुरक्षाफौजलाई तालिम, अतिरिक्त मद्दत गर्ने काम मात्र गरिरहेको […]
काठमाडौं– वित्तीय संकट व्यहोरिरहेको भारतीय विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । जेट एयरवेजसँग अहिले करिब १ सयको हाराहारीमा विमान रहेको जनाइन्छ । जसले ६ सय आन्तरिक र ३ सय ८० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको थियो । आर्थिक संकटका कारण मार्च महिनादेखि जेट एयरवेजका उडानहरु प्रभावित हुँदै आएका थिए […]
काबुल– अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा “उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८ जना भन्दा बढी तालिबान आतङ्ककारी समूहका सदस्यहरु मारिएको” उल्लेख छ । कारबाहीका क्रममा भारी र हलुका हातहतियारहरु पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका विषयमा तालिबान […]
एजेन्सी–पाकिस्तानमा बम विष्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टा शहरको बाहिरी क्षेत्रमा भएको विष्फोटमा अरु ३० जना घाइते भएका छन् । व्यस्त तरकारी बजारमा आलुको बोरामा लुकाएर राखिएको बम विष्फोट भएको बताइएको छ । विष्फोटमा ज्यान गुमाउनेमा अधिकांश अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा मुसलमान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् […]
दक्षिण अफ्रिका– दक्षिण अफ्रिकाको जंगलमा अवैधरुपमा गैंडाको शिकार गर्न गएका एक जना शिकारी हात्तीको आक्रमणबाट मारिएका छन् । शिकार गर्नको लागि जंगल छिरेको बेला जंगली हात्तिले कुल्चेर उनको मृत्यु भएको जनाइएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका उनलाई सिंहले खाएको अवस्थामा शव फेला परेको जनाइएको छ । घटनाको दुई दिनपछि विहीबार मात्र उनको शरीको केही […]