होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनकपुर । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तैयारी शुरु गरेको छ । कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीति बारे छलफल गर्न आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको तैयारीमा पुगी सकेको निष्कर्ष निकालेको छ । […]
२७ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार […]
काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ […]
२७ कात्तिक, काठमाडौं । बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ यही कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो । गत असोज ७ गते साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका- २ की […]
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ […]
२७ कात्तिक, काठमाडौं । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । ‘मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न’, भीडमा उनले अनुग्रहसहित बोलिन् । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह […]
डोटी: डोटीमा एक बुवाले छोरामाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि चक्कु प्रहार गरेका हुन । घरायसी विवादमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् । चक्कु प्रहारपछि छोरा घाइते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचाररत रहेका छन् […]
२७ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमान्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन् । राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् । वयोवृद्ध नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी […]
कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट […]
२७ कात्तिक, काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् । केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ […]
डोटी – उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्यान गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिनुभयो । राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
भैलिनी खेल्नेहरु आउँछन् र भाका हाल्न थाल्छन्, ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा पूजा पूजेको ।’ देउसी खेल्नेहरु आउँछन् र भट्याउन थाल्छन्, ‘आहै झिलीमिली झिलिमिली, आहै बत्तीको झिलिमिली ।’ यसबाटै के संकेत मिल्छ भने तिहारमा घर–आँगन सफा गर्ने, सजाउने, दियो–बत्ती बाल्ने, लक्ष्मी पूज्ने । धार्मिक मान्यता छ, औंसीको यो रातमा घरलाई सफासुग्गघर बनाइयो भने, फूलहरुले सजाइयो […]
२७ कात्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो । गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। […]
बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएको छ । केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ । मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको […]
काठमाडौं– सरकारले कोभिड १९ को परीक्षण र उपचार गर्न सूचीकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ का लक्षण वा चिन्ह देखिएकाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्ने जानकारी दिएका हुन् । […]
काठमाडौं, २६ कार्तिक । कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।
२५ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका […]
जन्मजात हृदयरोगको समस्यालाई मेडिकलको भाषामा कन्जेनिटल हार्ट डिफेक्ट्स भन्ने गरिन्छ । हृदयमा यसरी लाग्ने चोटले मुटुभित्र रगतको सामान्य बहाब बदलिन पुग्छ । मुटुमा छेद हुने समस्याको कैयौं प्रकार हुन्छ । जसमा सरलदेखि लिएर धेरै जटिल समस्या समेत हुने गर्छ । मुटुको चोटलाई समाधानका लागि चिकित्सकहरू केही विशेष किसिमको टेस्ट गर्ने गर्छन् । नवजात शिशुमा समेत […]
चितवन । जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पु¥याउन नसकिएको बताए । केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए […]
एजेन्सी । अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समूहका व्यक्तिहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेका छन् । ‘ यसअघि अमेरिकी औषधी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर तयार गरेको कोभिड १९ भ्याक्सिन परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारी देखिएको […]