होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटीः डोटीको बडिकेदार गाउँपालिका वडानम्बरकी ३ जानकी जोशीको उपचारमा समस्या भएको छ। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा अध्यापन गराउदै आएकी जोशीको उपचारमा समस्या भएको हो। आफन्तका अनुसार प्लिहा रोगले उनी ग्रसित छन्। उनको भारतको मुम्बईस्थित केइएम अस्पतालमा उपचार भैरहेको छ। उपचारको क्रममा १५ लाख बढी खर्च भएको आफन्तले बताएका छन्। यस्तै अस्पतालले उपचारमा थप १० […]
काठमाडौं । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ हरेक चुरोटको प्याकेटमा यस्तै चेतावनी दिइएको हुन्छ । त्यति मात्र होइन, चुरोटको सर्कोले ध्वस्त भइसकेको फोक्सोको डरलाग्दो तस्वीर पनि राखिएको हुन्छ । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं चुरोट खानेहरु यस्ता चेतावनी देखेर पनि आफ्नो लत छाड्दैनन् । किन ? एक तथ्यांकले भन्छ, विश्वभर करिब एक अर्ब […]
काठमाडौं । झापा र इलामका केही ठाउँमा नाइबेरी फ्लाई नामक किराको संक्रमण देखिएको छ । यो समस्या कत्तिको घातक छ भन्ने विषय अहिले आम मानिसको चासो बनेको छ । यो कुनै नयाँ संक्रमण नभई नाइरोबी फ्लाई नामको किराको सम्पर्कमा आएपछि हुने छालाको एलर्जी हो । यस्तो एलर्जी बर्खायाममा प्रायः देखिने चिकित्सक बताउँछन् । नाइरोबी फ्लाईको […]
जाजरकोट । कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन । कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष (आव) २०७८/७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए । निर्देशनालयका अनुसार आव २०७८/७९ […]
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो । हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि […]
बाजुराः बाजुराको एक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा सेवा प्रवाह गर्नुपरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीले आफ्नो ज्यानलाई समेत दाउमा लगाएर सेवा दिनुपर्ने अवस्था बनेको हो। असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये […]
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी […]
काठमाडौं । राजधानी सहरमा रंगीन रात्रिजीवनको आनन्द लिन चाहनुहुन्छ ? त्यसो हो भने तपाईं ठमेल पुग्नुपर्छ वा दरबारमार्ग । यहाँ केही रात्रिक्लब छन्, जसले आगन्तुकलाई हरक्षण आमन्त्रण गरिरहेका छन् । यी रात्रिक्लबहरुमा तपाईं बेपर्वाह सुरा र सुरमा हराउन सक्नुहुन्छ । एलओडी, ठमेल प्रवेश शुल्क : १ हजार रुपैयाँ (महिलालाई निःशुल्क) ठमेलस्थित एलओडी अर्थात् लड अफ […]
रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
दाङ । प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ […]
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो । हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ बर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्लाको बुढीनन्दा नगरपालिका सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रबार राति सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ कि एक २१ वर्षीया मनिषा भण्डारी (खत्री) को कोल्टीमा प्रसुति हुन् नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो । खत्रीलाई सुत्केरी […]
५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए । यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए । […]
हुम्लाको अदानचुली गाउँपालिका–६ की दिनकुमारी धिमाल ७४ वर्षकी भइन्, उनी आफैं अस्वस्थ छिन्, त्यसमाथि तीन वर्षअघि ज्यान गुमाएकी छोरी भूमिसराको शोकले थप सताइरहेको छ । भूमिसराको मृत्यु आठौं छोरी जन्माउने क्रममा भएको हो । ‘भौंती छाचुरी (धेरै छोराछोरी) पाउँदा मरेई हो,’ उनले भनिन्, ‘न निको खान पाई, न गाउँका मान्ठबाट निको वचन पाई, मेरी छोरी निकाला (अकालमै) […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सूचना जारी गरी मनसुनजन्य प्राकृतिक विपद्हरुसँग हैजाजन्य रोगलगायत संक्रमण फैलन सक्ने भएकाले इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको हो । मन्त्रालयले खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिनुका साथै जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट […]
काठमाडौँ । सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७-८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो । रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौंमा दुई बिरामीमा हैजा पुष्टि भएको जानकारी दियो । काठमाडौंस्थित बागबजार निवासी एकै परिवारका दुई सदस्यलाई एकैपटक अचानक कडा हैजा देखिएको थियो । उनीहरूले प्रयोग गरेका पानीको नमुनामा कोलिफर्म (इकोलाई संक्रमण) देखिएको पनि सार्वजनिक भइसकेको छ अर्थात् खानेपानीमा दिसा मिसिएको रहेछ भन्ने हो । हैजा […]
थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो । काठमाडौकै एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो […]
हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ । फल शरीरका लागि निकै लाभदायी हुन्छ र यसले शरीरलाई गम्भीर रोगबाट पनि बचाउँछ त्यसैले फललाई पोषक तत्वको पावरहाउससमेत भनिन्छ । विशेषज्ञले हरेक व्यक्तिलाई फलको सेवन गर्न सल्लाह दिन्छन् । धेरैजसो मानिस बिहानको ब्रेकफास्टमा फल खान्छन्, कतिले स्न्याक्समा । कतिले दिउँसो वा बेलुका पनि फल खान्छन् । फलफूल […]