होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ […]
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन्। यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । \ अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय […]
प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी रु १८ करोड २५ […]
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । “हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय […]
हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको […]
३ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेल्वाका गणेश माझीको घरमा बालबालिकाहरु भुजाको लड्डु खाँदै थिए । कठ्यांग्रिने शीतलहरमा उनीहरुको शरीर पूरै ढाक्ने कपडा छैन । गणेशका दुई छोरा र एउटी छोरी छिन् । ज्वाइँ र नातिनातिनीहरु यतै रहेकोले परिवार १० जनाको छ । १० जनाको परिवार सानो फुसको घरमा बस्न बाध्य छ । बालबालिकाका लागि […]
आजदेखि भारतले सर्वसाधारणका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ। अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुरा गर्नेछन्। भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार ६ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुनेछन्। अभियानको पहिलो दिन आज हरेक […]
शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ । भारतले कोरोना खोप कार्यक्रमका लागि आवश्यक तयारी भइसकेको बताएको छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा कसरी सुरु हुँदैछ त कोरोना खोप कार्यक्रम ? पहिला कसले पाउँछन् ? भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका […]
कुनैपनि कुराबाट हामीलाई त्यहीबेला बढी सन्तुष्ट मिल्छ, जब हाम्रो शरीर ठिकठाक छ । जब शरीर नै ठिक छैन भने जतिसुकै मिठो खानेकुरा पनि रुच्दैन, जतिसुकै राम्रो ठाउँमा पनि मन बहलाउँदैन । यसको अर्थ के भने, हामीले यावत् सुख–सयल भोग गर्नका लागि शरीर स्वस्थ्य हुनुपर्छ । शरीर कसरी स्वस्थ्य हुन्छ ? यसका लागि हामीसँग रोगप्रतिरोधात्मक […]
२ माघ, काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ । विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने […]
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् । यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर […]
हामीले आफ्ना नानीबाबुहरूलाई बाहिर र भित्रका समान कामहरू दिएर समान व्यवहार गर्नुपर्ने होइन ? ताकि छोराहरूले पनि भोलिका दिनमा बाहिर हिँड्दा छोरीहरूले झैं सबै सम्हाल्न सकून् । तब न छोराछोरी बराबरी ! प्रसंग एक : म एक साथीसँग भिडियो कल गर्दै भाँडा माझ्दै थिएँ । भाँडा मोल्ने सिंकअगाडि अड्याइएको मोबाइल फोनमा भुइँ सफा गर्दै गरेको मेरो छोरो […]
धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणिका अन्दाजी ३५ वर्षीय जनक बोहराको सेती प्रादेशिक […]
२ माघ, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । […]
२ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । मौसमविद विभूति पोखरेलका अनुसार अहिले […]
जान कोरकोरन, जसलाई पढ्न लेख्न रुची थिएन । जोनले विद्यालय, क्याम्पसमा साथै शिक्षण पेशामा रहँदा समेत एक गोपनियता कसैलाई चुहाएनन् । खासमा उनलाई पढ्न आउँदैनथ्यो । बाल्यकालमा मेरा आमाबुबा भन्नुहुन्थ्यो कि, म एक विजेता हुँ । र, जिन्दगीको पहिलो ६ बर्षसम्म मलाई पनि त्यस्तै लाग्थ्यो । मैलें अलि ढिलो बोल्न सिकें । तर, ठूलो […]
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् […]
२९ पुस, काठमाडौं । कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरु गुहारेको छ ।स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको हो । दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ । खोप […]