होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
९ माघ, रामपुर । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
हामी जीवनमा सफलता हासिल गर्ने आकंक्षा राख्छौं । केही गर्न खोज्छौं । यसरी कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नका लागि हामीले यस्तो साथीहरुको सर्कल तयार गर्नुपर्छ, जसले हामीसँग सहयोग र समर्थनको हातेमालो गरोस् । हामी कुनै पेशा गर्छौं, त्यसमा थप उन्नती गर्न पनि हामीलाई साथी चाहिन्छ । हामी कुनै व्ययसाय वा उद्यम गर्न चाहन्छौं, त्यसका लागि […]
काठमाडौँ — भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकुस्थित केन्द्रीय खोप भण्डारमा भण्डार गर्ने क्रममा खोपका सिसी । तस्बिर : इलिट जोशी/ ‘२/३ दिनभित्रै […]
धनगढीः सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप भण्डारणका लागि बिहीबार खोप सामाग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ। संघीय सरकारको निर्देशनबमोजिम भण्डारण कक्षको व्यवस्थापन गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदमबहादुर बिष्टले दिनेशखबरलाई बताए। संघीय सरकारले भारतबाट अनुमदानमा प्राप्त के–कति खोप सुदूरपश्चिमका लागि […]
धनगढी : बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जिल्लाको पुर्चौँडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत ४ सय ५४ जनाले १ सय दिने रोजगारी पाएका छन् । रोजगारी पाएकामध्ये २ सय ९७ महिला र १ सय ५७ जना पुरुष रहेका छन् । छनौट भएकाहरुलाई एक दिने अभिमुखीकरण तालिम दिई […]
९ माघ, जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन […]
धनगढी: कञ्चनपुरमा हराइरहेकी महिला फेला परेकी छिन्। जिल्लाको भीमदत्त नगरपालिका–८ हल्दुखालकी ३० वर्षीया विन्दु पन्त पाण्डेय हराएको ३ दिनपछि फेला परेकी हुन। मंगलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। खोजीका क्रममा बुधबार(हिजो) उनको साइकल भीमदत्त नगरपालिका–९ मा फेला […]
काठमाण्डाै – भारतबाट आएको काेराेना भाइरसविरुद्धकाे १० लाख डाेज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ । भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्ता/१० दिनमा खोप वितरण गर्ने बताउनुभएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो । उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र […]
एजेन्सी । जाडोको समयमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तर, विशेषज्ञका अनुसार चिसो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई नोक्सान पुर्याउँछ । तातोपानीमा हुने केराटिनले छालाका कोषहरु मार्ने भएकाले यसले छाला चिलाउने, सुख्खा हुने र छालामा विभिन्न प्रकारका दागहरु पैदा गर्ने गर्छ । तातोपानीले नुहाउँदा मात्र होइन धेरै गर्मी कपडा लगाउँदा पनि नोक्सान पुग्छ । यसले शरीरलाई […]
हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा […]
नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् ।भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै […]
काठमाडौं: प्रहरीले आफ्ने नवजात शिशुलाई फाल्ने एक आमालाई पक्राउ गरेको छ। बुधबार काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरस्थित झाडीमा शिशु फाल्ने २० वर्षीया महिलालाई पक्राउ गरेको हो। महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने ती अविवाहित महिला र शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको […]
काठमाण्डाै – नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको […]
काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र […]
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही […]
काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय […]
दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र […]
सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ […]
६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार […]