होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ […]
हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ । दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ । हरितालिका तीज ब्रतको सुरुवात […]
२२ भदौ, संखुवासभा । सङ्खुवासभामा हत्या गरिएका एउटै परिवारका ६ जनाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या भएको थियो । ५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा […]
पोषक तत्व हाम्रो शरीरको विकासका लागि अत्यावश्यक चिज हो । जन्मदेखि वृद्धावस्थासम्म शरीर सञ्चालनका लागि पोषक तत्वको आवश्यकता पर्छ । मानिसहरु प्रायः खानेकुरा खाँदा कुन स्वस्थकर र कुन अस्वस्थकर भन्ने छुट्याउँन सक्दैनन् जसले गर्दा शरीरमा विभिन्न प्रकारका समस्याहरु खानेकुराबाट नै पैदा हुन्छ । स्वादका लागि खाने धेरै प्रकारका खानेकुराले शरीरको तौल बढाउने र अन्य विभिन्न […]
काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी […]
काठमाडौं, २० भदौ । कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ३८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ८९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको छ […]
ताप्लेजुङ– प्रदेश १ को स्वास्थ्य निर्देशनालयले १८ वर्ष पूरा नभएका परीक्षार्थीलाई खोप उपलब्ध नगराउन परिपत्र गरेको छ । प्रदेश १ का महानगरसहित सबै १ सय ३७ स्थानीय तह र १४ वटै स्वास्थ्य कार्यालयलाई स्वास्थ्य निर्देशनालय धनकुटाले यस्तो परिपत्र गरेको हो । निमित्त निर्देशक दानबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागले यसअघि नै १८ वर्ष पूरा भएका परीक्षार्थीलाई प्रवेशपत्रको […]
काठमाडौं– सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र […]
दार्चुला: आइतबार राति दार्चुलामा परेको अविरल वर्षाको कारण जिल्लाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा ठुलो क्षति भएको हो। वर्षापछि आएको बाढीपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन्। दुई जना घाइतेको हेलिकोप्टरबाट उद्दार गरि धनगढी ल्याइएको छ। बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा दर्जनौँ घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। […]
निःसन्तानको समस्या अहिलेको जल्दोबल्दो समस्या हो । समयमा पौष्टिक आहार नखाने, जीवनशैलीमा ध्यान नदिने जस्ता कारणले गर्दा हिजोआज धेरैमा निःसन्तान सम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो समय बढेको बुढेशकालमा विवाह गर्ने प्रचलनले पनि निःसन्तान बढाउने गरेको चिकित्सकहरु बताउँछन् । विश्वको तथ्यांकलाई हेर्ने हो भने महिला र पुरुषमा देखिने निःसन्तान सम्बन्धी समस्या १५ प्रतिशतसम्म देखिन्छ । […]
काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर […]
१६ भदौ, बलेवा । बाढी-पहिरोका कारण थाकखोलाको नुन खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढी-पहिरोको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नुनखानी सङ्कटमा परेको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमामा रहेको नुनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् । नर्सिङ खोलामा […]
सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको […]
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । ती महिलाले डिजेल शरीरमा खन्याएर आगो […]
मनाङ। बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते ममर्स्याङदी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय […]
कलेजोले हाम्रो शरीरमा ५ सयभन्दा बढी काम गर्छ । यो शरीरको सबैभन्दा ठूलो भित्री अंग पनि हो, जसको लम्बाई लगभग ६ इन्च हुन्छ । तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ । यो हाम्रो पेटको माथि दाहिनेतर्फ हुन्छ । कलेजको काम अनगिन्ती छन् । यद्यपी यसको मूख्य काम भनेको पाचन नलिकाबाट आउने रगतलाई शुद्ध गरेर पुरै […]
लमजुङः बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो। बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको […]
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।आइतबार विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका हुन् । उनले खनालले आफ्ना स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु […]
आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः ०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ । […]
पाल्पा: लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छमृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ। सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको थियो। गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]