होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए […]
कैलाली: कैलालीका थप एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार उनको ज्यान गएको हो। मृत्यु हुनेमा कैलाली लम्कीचुहा नगरपालिका–५ का ७७ वर्षीय पुरुष रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए।
सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो । ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको […]
काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा निजि निवास खुमलटारमा आराम गरिरहेका छन्। अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको जनाइएको छ।
मुगु — मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीगाउँकी ८६ वर्षीया छिरिङमिन्डिक तामाङ दुई सातादेखि जिल्ला अस्पतालमा उपचाररत छिन् । कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर अस्पताल आएकी उनले आफ्नो उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट ल्याउनुपरेको छ । ‘डाक्टरले चेक गर्छन्, अनि औषधि ल्याउन मेडिकल पठाउँछन्,’ उनका पति छेवाङ छेजुम्ले भने, ‘७५ वर्षमाथिका […]
नयाँ दिल्लीको हावाको अवस्था निकै खराब भएपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले चेतावनी नै जारी गरेको छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ । सीपीसीबीको शुक्रबार बसेको समीक्षा बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि […]
गत असोज १८ देखि कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक महिनापछि बल्ल सरकारले हैजाविरुद्धको खोप ल्याउन लागेको छ । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत प्राप्त गरेसँगै हैजाको खोप ल्याउन लागेको हो । यूनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठनमार्फत् खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा […]
काठमाडौं । कात्तिक १५ गते नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य कुमार थापाकी छोरी कृति थापाको कोरोना संक्रमणबाट ज्यान गयो । नेपाल राष्ट्र बैंकमा कार्यरत कृति आठ महिनाकी गर्भवती थिइन् । खोकी बढ्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचारको लागि लगिएको उनको अस्पतालमा नै ज्यान गएको थियो । त्यस्तै, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी […]
काठमाडौं, कार्तिक २०। यमपञ्चक अर्थात् तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]
१९ कात्तिक, रामपुर (पाल्पा) । तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने […]
काठमाडौं : कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस दिन बिहान ११ः ०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन्।सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते […]
नागरिक रैबार/ बाजुरा ११ कार्तिक ।मुगु जिल्ला घर भएका एक जनाकाे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा बुधबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–१० ह्याङ्लुका २१ वर्षीय उमेश विक रहेका छन् । मृतक विकको दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपणमा गर्न चितवन मेडिकल कलेज लगिएको थियाे । त्यहाँ मृगौला प्रत्यारोपण गर्न […]
लामो समयदेखि आर्थिक अभावका कारण छोरीको उपचार गर्न नपाएका रोल्पाका विरभान बिकलाई सामाजिक अभियान्ता रिता शाहीले उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । रोल्पा घर भई ६ महिना अगाडि ५ वर्षीया छोरी बसन्ती बिकको उपचार गराउन भनेर काठमाडौ आएका विक उपचार गर्ने पैसा नै नभएपछि अस्पतालबाट बिरामी छोरीका लागि सडकममा सडकमा भिक माग्दै भौतारिरहेका […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। कोभिड-१९ को महामारी नियन्त्रण र समुदाय स्तरमा फैलिन नदिन बाजुरा जिल्लामा यहि कार्तिक ११ गतेदेखि कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाईने भएको छ । कोरोना विरुद्धको खोप अभियान अन्तरगत गत असोज महिनाको ११ गते देखि १४ गते सम्म पहिलो मात्रा खोप लगाएकाहरुका लागि दोस्रो मात्राकाृ खोप लगाउने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख […]
मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग […]
हुम्ला — मौसममा खराबीसँगै हुम्लाको हिल्सा क्षेत्रमा सातायता भारी हिमपात भइरहेको छ । हिमपातका कारण नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द भएको छ भने सडक तथा सञ्चार सम्पर्क पनि टुटेको छ । हिल्सास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) सँग पनि सञ्चार सम्बन्ध टुटेको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए । दैनिकजसो हिमपात भइरहेकाले सोलार चार्ज नहुँदा प्रहरी […]
नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का […]
एकपटकको आर्मी कमान्डर सधैँभरी आर्मी कमान्डर भनेजस्तै कुनै जमानाको आर्मी कमान्डर हुन् नि त प्रचण्ड, त्यसैले ‘आर्मी नेभर रिटायर्ड’ भनेजस्तै प्रचण्डभित्रको आर्मीपन अझैसम्म पनि रिटायर्ड भएको छैन। साहसिक ‘जिपलाइन’को एउटा डोरीमा ‘विदआउट सेक्युरिटी प्रोटोकल’ आर्मीजस्तै झुण्डिएर एक्सन दिएको दृश्यबाट नै थाहा हुन्छ कि प्रचण्ड शारीरिक र मानसिक रूपमा कति जुझारू छन् भनेर । युवा अवस्थामै […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको […]
के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]