होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ को काटियामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वडा नं. ६ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्धघाटन् गरेका छन् । यस अघि गाउँपालिकाको १० औं गाउँ सभाबाट वडा नं. ६ का स्थानीयहरुको स्वास्थ्य समस्यालाई मध्येनजर […]
शुक्रबार दिउँसो अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन । अर्खापा बसमा सवार २८ जनामध्ये करिव १० जना घाइते भएका प्रहरीले जनाएको छ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी थम्मन थापा क्षेत्रका अनुसार प्युठानको स्वर्गद्धारी दर्शन गरी सुपादेउराली हुँदै पोखरा जान लागेको ग २ ६०८० नम्वरको बस सन्धिखर्क नगरपालिका – २ भलाडाडा नजिकै कुनोमा […]
पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन […]
धनगढीः भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ। दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवनलगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो। यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दुहुँ गाउँपालिका […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताएका छन् । कोभिड-१९ को प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र […]
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।प्युठानमा रहेकाे स्वर्गद्वारीकाे दर्शन गरेर सुपा देउरालीका लागि छुटेकाे ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे । दुर्घटनाबारे थप अनुसन्धान […]
काठमाडौँ — स्वास्थ्य बिमा बोर्डले बिमितहरुले मोबाइलबाट बीमकाे अनलाईन नवीकरण गर्न मिल्ने सुविधा ल्याएको छ । बिहीबार छैटौं स्वास्थ्य बिमा दिवसको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले शुक्रबार चैत २५ गतेका दिन यो सुविधासँगै एचआइभी प्रोफाइल मोबाइल एप सेवा सुभारम्भ गर्ने भएको हो । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बढ्दो सेवाग्राहीको चापका कारण केही […]
म कार्यरत बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्ष फागुन ७ गते पहिलोपटक शल्यक्रिया गरी आकस्मिक प्रसूति गराइयो । तीन दिनदेखि व्यथा लागेर प्रसूति हुन नसकेकी मुगु, खत्याड गाउँपालिका-१० की सरिता कार्की (परिवर्तित नाम)को बाजुराको कोल्टीमै शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । कार्कीले चौथो सन्तानको जन्म दिंदै थिइन् । तर जब चौथो सन्तानका रुपमा समेत […]
उदयपुर, २३ चैत : टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो । शब फेला परेकाे २४ घन्टा […]
झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा […]
चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो । भवनको […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्रीको काठमाडौमा उपचार भइरहेको छ । मिना खत्रिले आर्थिक अभाबमा २ बर्ष पहिला देखी मुटुको रोग पालिरहेकि थिइन् । बडिमालिका खबरमा ार्थिक अभाबमा दुइ बर्ष देखी मुटुको रोग पालिरहेको समचार प्रकाशित पछि बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार भइरहेको छ । काठमाडौमा […]
काठमाडौं । तेलविनाको भान्सा शायदै कल्पना गरिएला । तरकारी पकाउन, दाल झान्न, खानेकुरा तार्न, भुट्न तेलको नै प्रयोग गरिन्छ । यसरी हरेकपटक भान्सामा तेल प्रयोग हुन्छ । तेल स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छ भन्ने विषयमा आ-आफ्नै तर्क होलान् । तर सागसब्जीमा कम तेल राख्न र तारेका खानेकुरा सकेसम्म कम खान चिकित्सकहरुको सुझाव छ […]
काठमाडौं । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको […]
२२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न […]
काठमाडौँ — फागुन ९ गते साँझ करिब साढे ५ बजेतिर धनुषाको जटही गाउँका ५ वर्षीय कुलदीप मण्डल आफ्ना ३ जना साथीहरूसँग घरनजिकै खेल्दै थिए । खेल्ने क्रममा उनीहरूले घाँस काट्ने मेसिन देखे । कुलदीप त्यहि घाँस काट्ने मेसिनमा हात छिराउन पुगे । अर्का बालकले मेसिनको स्वीच अन गर्दा क्षणभरमै उनको दायाँ हातको नाडीभन्दा मुनिको भाग […]
बझाङः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन्। जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका–९ झोता बजारमा रहेको भैरव मावि उक्त कार्यक्रमका लागि छनोटमा परेका हुन्। छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिनेछ। यी दुवै […]
जुम्ला- जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन् । मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बाेडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् । सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी […]
नागरिक रैबार/बाजुरा २१ चैत्र। १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा–६ लाटुपस्तिका वर्ष २३ का बसन्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएको बेला मौका छोपी बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको भनि चैत्र १८ गते जिल्ला प्रहरी […]
रत्ननगर : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस […]