होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ। मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप एक सय कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप एक सय जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कैलालीका ८८ र डोटीका १२ जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण […]
प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा […]
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको […]
दाङ: प्रेमीसँग घुम्न गएकी एक युवतीमाथि सामूहिक बलात्कारमा भएको छ। दाङको राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया किशोरीमाथि चार जनाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। साउन १६ गते आफ्नो प्रेमीसँग घर नजिकको जंगलमा घुम्न गएको समयमा ४ जनाको समूहले प्रेमीलाई कुटपिट गरी युवतीलाई बलात्कार गरेका थिए। उनलाई मसुरीयाकै २६ वर्षीय अर्जुन विक, करिब […]
२१ साउन, काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित सडक छेउको घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । बिना पूर्व सूचना गाईजात्रा पर्वकै दिन जनताको घरमा डोजर लगाएको भन्दै स्थानीयवासीले प्रहरी बृत बालाजुमा रिले अनशन समेत थालेका छन् । घर भत्काइएका मध्येका एक भीमदेव श्रेष्ठले अदालतको आदेश समेत नटेरी सरकार उठीबास […]
धनगढीः झण्डै चार महिना पहिले कोरोना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका ९ जना मध्ये अधिकांश आन्तरिक ट्राभल हिस्ट्री भएका छन्। कैलालीमै कोरोना संक्रमणको कारणबाट मृत्यु भएका चारै जना आन्तरिक ट्राभल हिस्ट्री भएको व्यक्ति हुन्। बाह्य ट्राभल हिस्ट्री नभएका व्यक्तिको कोरोना संक्रमणका कारणबाट मृत्यु भएका बेला प्रदेश सरकारले भने समुदाय स्तरमा कोरोना भाईरस नफैलिएको दावी गरिरहेको […]
२१ साउन, सप्तरी । कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा […]
कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम […]
मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा […]
पश्चिम रुकुम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन् । केन्द्रीय प्रसारण […]
काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सरकार […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको […]
नेपालगन्ज, २० साउन । बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय […]
झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले […]
काठमाडौं- नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको छ । साउन १९ गते कोशी […]
२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार […]
काठमाडौं । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका छन् । सो क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न […]
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुनमा हुने भनिएको महाधिवेशनलाई ध्यानमा राखेर आफ्ना सम्भावित प्रतिस्पर्धीप्रति आक्रामक बन्न थालेका छन् । सभापति देउवा विधान विपरीत एक्लै अघि बढेको आरोप इतर पक्षले लगाएको छ तर उनलाई रोक्न सक्ने अवस्थामा छैन । संस्थापन पक्षका एकलौटी क्रियाकलापको खबरदारीमा समेत अल्पमत पक्ष कमजोर हुँदै गएको […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । कामी लामा यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाङ्गोमा देखिएको वडाध्यक्ष लामाले जानकारी दिए । छाङ्गो ठूलो भएकाले शव निकाल्न […]