होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ भदौ, चितवन । चितवनको भरतपुर अस्पताल मातहतको कोभिड–१९ प्रयोगशालामा काम गर्ने एक जना प्राविधिकलाई कोरोना संक्रमण भएको छ भने, केही प्राविधिकहरु बिरामी पर्न थालेका छन् । संक्रमितको सम्पर्कमा आएका अन्य प्राविधिकहरुको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातापछि फेरि उनीहरुको जाँच गर्ने जनाइएको छ । प्रयोगशालामा दिनरात लगातार काम गर्ने प्राविधिकले […]
जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ । उनले […]
रुसका वैज्ञानिकले आफ्नो देशमा बनेको कोरोनाभाइरस भ्याक्सिनबारे पहिलो रिपोर्ट प्रकाशित गर्दै भ्याक्सिनको सुरुवाती परीक्षणमा यसले रोगबाट लड्ने प्रतिरोधी क्षमता विकसित गराएको जानकारी दिएका छन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित रिपोर्टमा खोप परीक्षणमा भाग लिने सबै व्यक्तिमा कोरोनाभाइरससँग लड्नका लागि एन्टीबडी बनेको र यसले कुनै गम्भीर साइड इफेक्ट पनि नगरेको उल्लेख गरिएको छ । रुसले […]
सुदूरपश्चिम – कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । तालीम शिक्षालयका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ । आज सेती प्रादेशिक […]
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो । हालको नियमावली प्राथमिकीकरणको चौथो नम्बरमा […]
२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको […]
२२ भदौ, सप्तरी । नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा एकजना नेपाली नागरिकको मृत्यु भएको छ । भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव घाइते भएका थिए । ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको […]
बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले संक्रमण पुष्टि भएका ४० जना मध्ये २२ जनाले कोरोना जितेको र बाँकी १८ जनाको उपचार […]
२२ भदौ, काठमाडौं । नाम बदलेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी […]
रामबहादुर विक। बाजुराका २ सय ५६ जनाको स्वाव संकलन गरि धनगढी पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बाजुराका पत्रकार, प्रहरी, कर्मचारी, राजनीतिक दलका नेतासहित गरी २ सय ५६ जनाको पिसिआर परिक्षण मार्फत स्वाव संकलन गरी आइतबार धनगढी पठाइएको छ । २ सय ५६ जना मध्य २२८ जना पूरुष रहेका छन् भने २८ जना महिलको […]
२१ भदौ, कैलाली । कैलाली गौरिगंगा नगरपालिका- १० उदासीपुरका जंगबहादुर सार्की मुक्त हलिया हुन् । तर, उनको नाम कुनै पनि सरकारी निकायको रेकर्डमा छैन । त्यसैले मुक्त हलियाले पाउने सरकारी सेवा–सुविधाबाट उनी बञ्चित छन् । ९ सन्तानका बाबु जंगबहादुरका २ छोरा र ७ छोरी छन् जसमध्ये ३ छोरीको बिहे भइसक्यो । श्रीमतीसहित ४ सन्तानको जिम्मेवारी […]
काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै […]
आजैको दिन अर्थात् सेप्टेम्बर ५, १९९७ मा नोबेल पुरस्कार विजेता मदर टेरेजाको ८७ वर्षको उमेरमा निधन भयो । टेरेजाले आफ्नो पुरा जीवन रोगी र गरिबहरुको सेवामा बिताएकी थिइन् । कोलकत्तामा आफ्नो सामाजिक संस्था मिसनरिज अफ च्यारिटीको हेडक्वाटरमा हृदयघात भएपछि उनको निधन भयो । उत्तरी मेसिडोनियामा जन्मिएकी यी भिक्षु जीवनका पछिल्ला वर्ष रोगसँग संघर्षरत थिइन् । […]
कैलाली – सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६,टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । १ हजार १८३ जना भने सामन्य उपचारपछि घरफर्कि सके भने शंकास्पद १४ जना आइसोलेसनमा […]
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस विरुद्धको युद्धमा ‘फ्रन्ट लाइनका लडाकु’ मानिन्छ । देश–देश बीचको युद्धमा सेनाको जस्तो भूमिका हुन्छ, अदृष्य कोरोना भाइरसविरुद्धको युद्धमा चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका त्यति नै महत्त्वपूर्ण मानिएको छ । बिरामीको स्वास्थ्य परीक्षण एवं उपचारका क्रममा कयौं चिकित्सक तथा स्वास्थ्यकर्मी आफै पनि कोरोनाबाट संक्रमित भएका छन् । विश्वमा कोरोना भाइरसविरुद्धको युद्धका क्रममा कयौं […]
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी […]
काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्ने क्रममा रहेको छ। नेपालभर आज अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा एक हजार तीन सय भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप […]
१९ भदौ, सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको प्रजिअ थापाले बताएका छ । ‘जनताको जीवन […]
एजेन्सी – ‘ब्लोटिङ’ अर्थात पेट फुल्ने समस्याबाट प्राय मानिस पीडित भइसकेका छन् । पाचन प्रक्रियामा समस्या आएपछि पेटमा ग्यासको समस्या पैदा हुन्छ । कुनै चीजले पेटमा ग्यास बनाउन मद्दत गर्छ । र, पेट फुल्ने समस्या हुन्छ । यसमध्ये, केही तरकारी यस्ता छन् जसले पेटमा ग्यास पैदा गराउँछ । कटहर कटहर पाकेपछि खाँदा जति मिठो हुन्छ […]