होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
यौन सम्बन्धका क्रममा हुने चरम सुखको प्राप्तिलाई नै अर्गेज्म भन्ने गरिन्छ । जसको अनुभव यौन गतिविधिको दौरान हुने गर्छ । यसलाई कामोन्माद र चरमोत्कर्षको नामले पनि चिन्ने गरिन्छ । यसको अनुभव पुरुष र महिला दुवैलाई हुने गर्छ । यस लेखमा पुरुष अर्गेज्म र महिला अर्गेज्म दुवैको बारेमा बताउन लागिएको छ । साथमा महिलाहरूको लागि चरम […]
काठमाडौँ- नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्यान गुमाएको जानकारी दिइयो । योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिलेसम्म ४११ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् ।
काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार मृत्युपछि […]
बैतडी : जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ। पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए। उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो। दादुरा […]
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका […]
सुर्खेत — डा. गोविन्द केसीले २०७५ साउन १० गते १५ औं सत्याग्रह स्थगन गर्दा उनी र सरकारबीच ९ बुँदे सम्झौता भएको थियो । त्यसमध्येको एक थियो– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्रक्रिया थाल्ने । दुई वर्षपछि जुम्लामै १९ औं सत्याग्रह थालेका डा. केसीले अहिले सोही मुद्दालाई फेरि मागको रूपमा उठाएका छन् । उनका अन्य […]
काठमाडौं, शान्तिनगरकी अनिता सुवेदीले आफ्नो छोरा एकोहोरो बन्दै गएको गुनासो गर्दै भदौ दोस्रो साता विभिन्न मनोपरामर्शदाताको ढोका ढक्ढक्याउन पुगिन् । बिहान झिसमिसेमै उठेर मोबाइलमा चलाउन थाल्ने उनको छोरालाई बिहान खाना खाने बेलामा समेत धेरै कर गरेपछि एकैछिन मोबाइलबाट छुट्याउन सकिन्छ । १० वर्षीय छोरालाई दुई घण्टामात्रै मोबाइल दिएन भने घरमा उपद्रो मच्चिन थालेपछि आजित भएर […]
३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक-कर्मचारीको रोजगारी गुमेको छ । गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक-कर्मचारी निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय […]
३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । […]
काठमाडौं । नेपालको संविधान ०७२ जारी भएको आधा दशक पुरा भएको छ । मौलिक हकका हिसाबले यो संविधानलाई अहिलेसम्मकै उत्कृष्ट मानिएको छ । संविधानमा प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चितता छ । मौलिक हकअन्तर्गत आधारभूत स्वास्थ्य सेवालाई संविधानमा लिपिवद्ध गरिए पनि व्यवहारमा सामान्य औषधिसमेत समयमै सरकारी स्वास्थ्य चौकीमा उपलब्ध हुन नसकेका उदाहरण पाइन्छन् । संविधानको […]
३ असोज, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार संक्रमितहरु ४ महिनाको शिशुदेखि ६८ वर्ष […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ । शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो । सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र […]
२ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा दुई महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ३५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये रुकुम पश्चिमका २३ जना, […]
२ असोज, काठमाडौं । नेपालमा एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ […]
काठमाडौं: नेपाल चिकित्सक संघले भदौ ९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रहमा बसेका चिकित्सा शिक्षा तथा स्वास्थ्यका अभियन्ता डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी वार्ताद्वारा माग सम्बोधन गर्न आग्रह गरिएको छ। विगतमा भएका सम्झौता […]
महेन्द्रनगर । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन् । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । “छोराले विदेशमा कमाएर एउटा […]
हामीले खाएका चिल्ला र अन्य खानेकुराले शरीरमा धेरै कोलेस्ट्रेल जम्मा हुन्छ, जसले मुटुलाई आफ्नो कार्य गर्नमा अवरोध गर्छ । यसका कारण मुटु दुख्ने र हृदयघात समेत हुने सम्भावना हुन्छ । मुटुका समस्याहरुमा ब्लकेज, सुजन, पोल्नु, खराब जीवनशैली, तनाव जस्ता कारणहरुले गर्दा मुटु सम्बन्धी समस्याहरु उत्पन्न हुन्छ । कोलेस्ट्रोलको कारण मुटुमा ३० प्रतिशत मात्र समस्या उत्पन्न […]
काठमाडौँ, १ असोज । विश्वभर कोरोना भाइरस (कोभिड– १९) द्वारा संक्रमति पुष्टि हुनेको संख्या ३ करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कुल ३ करोड २५ हजार ४७३ मानिस संक्रमित भएको वर्ल्डोिमिटर्सको तथ्यांकले देखाएको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या पनि साढे ९ लाखा पुगेको छ । बिहीबार बिहानसम्म […]
कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार […]
काठमाडौं, १ असोज । आज आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदै छ ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय […]