होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चितवन – चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् । भरतपुर अस्पतालका […]
नागरिक रैबार/बाजुरा १ पुस । बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी बन्ने रहर भएपछि परिवारले समेत उनको इच्छ्या पुरा गरिदियो । गाउँबाट एसएलसी सम्मको पढाई सकेर […]
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ । भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका ३ वटा वडामा संचालन गरिएको निःशुल्क आँखा शिविरबाट १ हजारभन्दा बढीले उपचार सेवा लिएका छन् । नागरिकहरुमा भएकाे अन्धोपन न्युनीकरण गर्ने उद्देश्यसहीत गाैमुलका ३ वटा वडामा सञ्चालन गरिएको उक्त शिविरबाट १ हजार ६ जनाले निःशुल्क आँखा परीक्षण गरिएको हो । गौमुल गाउँपालिकाको समन्वय तथा जिल्ला आँखा अस्पताल केन्द्र बाजुराको आयोजनामा […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। घरको भर्याङबाट लडेर मार्तडीकी वृद्ध एक महिला घाइते भएकी छन् । बडीमालिका नगरपालिका-९ गैरीबजारस्थित चंदारबाडा टोलकी ६० वर्षिया विर्मा चंदारा घरको भर्याङबाट लडेर गम्भिर घाइते भएकी हुन् । आफ्नो घरको दोस्रो तलामा रहेको भर्याङबाट बाहिर निस्कने क्रममा उनि लडेर गम्भिर घाइते भएको उनका छोरा भरत चंदाराले बताएका छ्न् । घाइते चंदाराको […]
नागरिक रैबार। बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका […]
काठमाडौँ । देशभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो । देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार […]
काठमाडौं । बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको बताए । महाशाखाले हिजो पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएकाे थियाे ।उनले सात […]
काठमाडौँ । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ हरेक पार्टी वा भोजमा बज्ने गीत हो । रक्सीमाथि यस्ता अनेकौँ गीत बनेका छन् । यी गीतको लोकप्रियताले रक्सीप्रति मान्छेको रुचि देखाउँछ । रोचक कुरा त के छ भने वर्षौँदेखि चुरोट र रक्सीको प्याकेट/बोतलमा रक्सी सेवन गर्दाका हानिबारे खुबै प्रचार पनि गरिएको छ । तर रक्सी पिउने मानिसहरू […]
आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने […]
नागरिक रैबार। पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जगन्नाथ गाउँपालिकामा निर्माण भएको १० शैया अस्पतालको उद्घाटन गरेका छन् । ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको शुक्रबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । तत्कालिन […]
नागरिक रैबार/बाजुरा १७ असाेज। जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा निर्माण गरिएको १० शैप्याको अस्पतालको भवन पुर्व परराष्टमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले शुक्रबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने भएका छन् । गाउँपालिकाको केन्द्रमा निर्माण गरिएको १० शैप्याको अस्पताल भवन निर्माण भएको हो । २०७८ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका […]
काठमाडौं : सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिका १ मा अवस्थित काेल्टी आधारभुत अस्पतालले नगरपालिकाभित्रका विपन्न परिवारका नागरिकहरुको उपचार समस्यालाइ मध्येनजर गरेर अस्पतालमा आउने विरामीहरुलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेकाे छ । बुढीनन्दा नगरपालिकाका नगरप्रमुख तथा कोल्टी आधारभुत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार बाेहराको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगरभित्रका […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालबाट सेवा दिने गरि आइतबार (हिजो) बाट एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । नगरभित्रका दुर्गम ठाउँका विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन थप सहयोग होस भन्ने उदेश्यले नगरपालिकाले एम्वुलेन्स खरिद गरेर आइतबारबाट सेवा संचालनमा ल्याएको […]
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए। उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा […]
बाजुरा १९भदौ । नेपाल कर्मचारी युनियन बाजुराले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरि दिवस मनाएको छ । कर्मचारी य’नियन बाजुराले २८ औं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत विरामीहरुलाई फलफ”ल वितरण गरि स्थापना दिवस मनाईएको हो । बुधबार विहान एक औपचारिक कार्यक्रमको आयोजना गरि बिरामीहरुलाई फलफुल वितरण गरिएको कर्मचारी य’नियन बाजुराका […]
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। […]
नागरिक रैबार/बाजुरा २९ साउन।जन्मदिनको अवसर पारेर दिपक कडाराले काठमाण्डौंमा उपचारारत रहेकी बाजुराकी रमिला कुमारी विकको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कवाडी हुम्लामा शाखा प्रबन्धकमा कार्यरत रहेका कडाराले आफ्नो जन्मदिनको अवसर पारेर रमिलाको उपचारका लागि आर्थिक सहयोग स्वरुप ४ हजार […]
पदभार ग्रहण गरेको २७ दिनपछि पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारमा आफ्नो योजना प्रस्तुत गरेका छन् । त्यस क्रममा उनले बीमाको दायरा बढाएर ५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताएका […]