होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताएकी छन्। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन् । उनीहरुलाई ज्वरो […]
नागरिक रैबार/बाजुरा २९ माघ।जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा गोर्खा वेल्फेयर ट्रष्टको आयोजनामा संचालन गरिएको ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ५ सय बढी विरामीहरुले सेवा लिएका छन् । माघ २६ गते २८ सम्म ३ दिन संचालन गरिएको उक्त शिविरमा आँखा, कान र अपांगता सम्वन्धिका विरामीहरुको निःशुल्क उपचार गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यवाहक […]
नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला अस्पताल बाजुरामा आजबाट आँखा, कान र अपाङगता सम्वन्धि ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपाल पोखराको आयोजनामा जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा सो शिविर आजबाट संचालन भएको अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दावा गुरुङ (भोटे) ले बताएका छन् । ३ दिन सम्म संचालन […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा एमडिजिपि डाक्टर प्रेरित देवकोटालाई नियुक्त गरिएको छ । एमडिजिपि समेत रहेका डाक्टर देवकोटालाई आजबाट जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी दिईएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङले बताएका छन् । उनका अनुसार यस अघि कार्यालय प्रमुखको जिम्मवारी डाक्टर मिलन जोशीले सम्हाल्दै आएका थिए । […]
धनुषा । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा […]
नागरिक रैबार/बाजुरा ६ माघ। बाजुराको बडीमालिका नगरपालिका वडा न ७ मा एक दिने आखा आँखा कान र अपाङ्गता सम्वन्धिको एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा कार्यालय बडीमालिका नगरपालिका स्वास्थ्य शाखाको आयोजना र गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा सो शिबिर सम्पन्न भएको वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । वडामै […]
नागरिक रैबार/बाजुरा २ पुस।बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना जिल्लाबाट बाहिरिएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजनाको हिजाेबाट ३ वर्ष पुरा गरि बाहिरिएको हो । बाजुराका ५ वटा पालिकामा सन २०२० देखि २०२२ सम्म ३ वर्षका लागि संचालित रहेको […]
नागरिक रैबार बाजुरा १ पाैष । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ । बुढिनन्दा नगरपालिकाको आयोजनामा आजबाट काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त तथा स्त्रीरोग सम्बन्धि २ दिने निशुल्क स्वास्थ शिविर संचालन भएकाे हाे । शिविरमा अत्यावश्यक प्रस्तुति सेवा समेत दिने भएकाे छ । शिविरकाे […]
नागरिक रैबार बाजुरा २९ मंसिर बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र बुढीनन्दा नगरपालिकाको सहयोगमा सेवा सुचारु गरिएको हाे । स्वास्थ्य केन्द्रमा स्त्री रोग बिशेषज्ञ डाक्टर सोनाम गुरुङ र ओटी नर्स भगवती रावल मार्फत सेवा सुचारु भएकाे हो । बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि कोल्टी […]
मदन विक/बाजुरा २४ मंसिर। बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ । बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो । परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा […]
महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो । एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ । चिसो […]
सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ […]
डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ७६३ […]
नागरिक रैबार/बाजुरा १४ असोज।विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी उपहार दिएको छ । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै खेलकुद सामाग्रीहरु पनि उपलब्ध गराइएको छ । शुक्रबार कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत […]
नागरिक रैबार/बाजुरा १० असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको एक मासु पसलमा खसीको सडेको मासु विक्री गर्न राखेको भेटिएको छ । मार्तडी बजार भित्रका खसी, बोका, राँगा र कुखुराको मासुका १५ वटा मासु पसलको अनुगमन मालिका मासु पसलमा सडेको खसीकाे ५ केजि मासु भेटिएको हाे। सोमबार दिउसो भेटेरिनरी अस्पतालको आयोजनामा मार्तडी बजारका मासुपसलहरुको अनुगमन गर्दा मालिका मासु […]
दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार […]
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए । ‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दसैंभरी मनसुन रहने स्थिति देखिन्छ’ रातोपाटीसँग कुरा गर्दै प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो […]
नागरिक रैबार/बाजुरा ६ भदाै। वर्षातको समयमा भत्केका सडक नखुल्दा बाजुराका स्वास्थ्य संस्थामा औषधीको अभाव भएको छ । जिल्लामा निरन्तरको वर्षाका कारण गएको असार अन्तिम सातादेखि अवरुद्ध भएका ग्रामिण सडकहरु संचालनमा आउन सकेका छैनन् । जसका कारण ग्रामिण स्तरका स्वास्थ्य संस्थामा औषधी ढुवानी हुन् नसकेपछि औषधीको अभाव भएको हो । बुढीनन्दा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणका फाईजर खोप संचालन गर्ने भएको छ । पाँच बर्ष मुनिका बालबालिकाको लागि जिल्ला भरी दोस्रो चरणको फाईजर खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लामा संचालन गरीने खोप पाँच वर्षमुनिका उमेर समूहका बालबालिकाको लागि प्रयोगमा ल्याइएको छ । जिल्लामा पनि स्वास्थय […]
एजेन्सी: भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन्। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ […]