होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो […]
काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४औं वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी […]
नागरिक रैबार/बाजुरा २७ माघ। बडीमालिका नगरपालिका वडा नम्वर २ भाैनेरामा रहेको जुगाडा स्वास्थ्य चाैकीमा कार्यरत ३ जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । स्वास्थ्य चाैकीमा कार्यरत इन्चार्ज तिलक न्याैपाने, अनमि कमला राई र सिएमए खगेन्द्र गुँयाललाई सोही स्वास्थ्य चाैकीले सम्मानित गरेको बडीमालिका २ का वडा अध्यक्ष डम्बरबहादुर महतले जानकारी दिए । वडा अध्यक्ष महतका अनुसार २ […]
नागरिक रैबार/बाजुरा २७ माघ । बाजुराको सदरमुकाम मार्तडीमा ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानी ट्याङ्की निर्माण गरेर प्रयोगमा ल्याइएको छ । वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बडीमािलका नगरपालिका–८ को रानीवनमा ट्रिटमेन्ट प्लान्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरेर प्रयोगमा ल्याएको हो । संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना धनगढी, कैलालीको २ करोड ५७ लाख ३७ […]
नागरिक रैबार/बाजुरा २६ माघ। गौमुल गाउँपालिकामा बाटोमै सुत्केरी भएकी एक महिला र नवजात शिशुको महिला स्वास्थ्यकर्मीले उद्धार गरेका छन् । शुक्रबार गाउँपालिकाको वडा नम्बर ३ ग्रजे गाउँकी २२ बर्षिया सिर्जना बोहराले बाटोमै नवजात शिशुलाई जन्मदिएको खबर पछि माझपालि आधारभुक्त स्वास्थ्य केन्द्रबाट स्टेचर लिएर सुत्केरी महिलाको उद्धार गरेर स्वास्थ्य संस्था ल्याएको स्टाफ नर्स सिता खडकाले बताएकी […]
धनगढी । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार बिहीबार साँझ साढे ७ बजेतिर आमा घरमै […]
नागरिक रैबार/बाजुरा २५ माघ । समाजमा महिनावारी भएको बेला महिलाहरुलाई घरभन्दा टाढा अलग्गै राख्ने र पोसिलोयुक्त खाने कुराबाट बन्चित गराउने प्रचलनको अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले छाउपडी गोठमुक्त अभियान संचालन गरेको छ । कुरीतिको रुपमा रहेको छाउपडी प्रथालाई समाजबाट अन्त्य गर्नका लागि नगरपालिकाले सेवा क्षेत्रभित्र रहेका वडाहरुमा छाउपडी गोठको वर्तमान अवस्था र महिनावारी भएका बेला […]
काठमाडौँ । भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ। यो प्रेम व्यक्त गर्ने दिन हो। पहिले युवाहरूले केवल एक दिन पर्खनुपर्थ्यो । अब यो उत्सव हप्ताभरि चल्छ। युवाहरूले हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँछन्। भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ मा रोज डेबाट सुरु हुनेछ। यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना […]
म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती […]
काठमाडौँ । हामीमध्ये धेरैको बानी हुन्छ, बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने । अधिकांश मानिसहरूले आफ्नो बिहान चियाबाट सुरु गर्छन् । खाली पेटमा चिया पिउनु स्वास्थ्यको लागि हानिकारक छ भनेर त हामी सुनिरहेका हुन्छौँ । तर पनि मानिसहरू चियालाई बेवास्ता गर्न सक्दैन । आजको यस लेखमा हामीहरू बिहान खाली पेटमा चिया खाँदा हुने केही […]
नागरिक रैबार/बाजुरा १३ माघ। बाजुरा जिल्लाका ७ हजार ८ सय ९४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत बाजुराका ९ वटा पालिकामा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप […]
नागरिक रैबार/बाजुरा १२ माघ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्बर ९ तल्लावाडाका हरि थापा २ सातादेखि भारतबाट बेपत्ता भएका छन् । थापा भारतको हिमाञ्चल प्रदेशकाे मतयाना भन्ने ठाउँबाट दुई सातादेखि बेपत्ता भएकाे उनका छाेरा मीन थापाले बताएका छन् । २ महिना अघि भारत गएका अन्दाजि ५५ वर्षका थापा पुस महिनाकाे २८ गतेदेखि भारतबाट परिवारकाे सम्पर्कविहीन भएका […]
धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान सिगास गाउँपालिका-१ मा सुपप्र ०१९००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी सिगास-१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा १० माघ । बाजुरामा नेपाल विद्युत प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिएको छ । २०७८ माघ महिनामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन संग जोडिएको बाजुरा विगत ३ वर्ष यता ११ केभिए क्षमताको विद्युत प्रसारण गरेर सेवा दिई रहेकाे थियो । अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्म ११ केभिए विद्युत प्रसारण लाईन ३ […]
काठमाडौं । नेकपा एमाले अछामले बुधबार पार्टीभित्र अनुशासन उल्लंघन गरेको आरोपमा ६ जना सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको हो । जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहसहित सागर सिंह बाब्ली, बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र […]
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश […]
काठमाडौं : सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेख्ने एक शिक्षकलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ। बुधबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखको महाबु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना […]
महोत्तरी– निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेको स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेको सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेको अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेको उनको भनाइ छ । […]
कैलाली । नेकपा एमाले पार्टीबाट निष्कासित भएपछि डा. भीम रावल पहिलो पटक गृहप्रदेश आइपुगेका छन् । उनी शुक्रबार बिहान श्री एयरलाइन्सको जहाजमार्फत धनगढी ओर्लिएका हुन् । उनलाई स्वागत गर्न समर्थकहरु धनगढी विमानस्थल पुगेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत भएको थियो । उनी आजै गृहजिल्ला अछाम प्रस्थान गर्ने कार्यतालिका […]
नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका […]