होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ जेठ। साईन नेपाल धनगढीले बुढीगंगा नगरापालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । साईन नेपालले कोभिड-१९ रिलिफ सपोर्ट परियोजना अन्तर्गत बुढीगंगा नगरपालिकालाई कनसेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई लगाएतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको नगरप्रमुख दिपक […]
धनगढी : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन् । स्पष्टीकरणमा पार्टीको विधानविपरित गुटबन्दी र षडयन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसंग साठगाठ गरेको, गोपनियता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार […]
२३ जेठ, धनगढी । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ । घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् । प्रधानमन्त्री ओलीले […]
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । उनी एमाले ओली समूहको सुदूरपश्चिम अध्यक्ष हुन् । उनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग पारिवारिक […]
२३ जेठ, सुर्खेत । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् ।होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो ।युवतीमाथि दुव्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता […]
हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ। आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाई मार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो। कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन […]
धनगढीः चुरे क्षेत्रमा खोला तथा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइए पनि सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी भइरहेको छ। प्रदेशको कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लालाई चुरे वन क्षेत्रले समेटेको छ। यी क्षेत्रका निषेधित खोलाहरूबाट ठेकेदारहरूले ढुङ्गा, बालुवा, तथा गिट्टी उत्खनन गरी निकासी गर्दै आएका छन्।चुरेको अवैध दोहनमा ठेकेदारहरूनै सक्रिय रहेको पाइएको छ। तर […]
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।
काठमाण्डौ – डेढ दशक पहिले नेपाल जातीय छुवाछुत मुक्त देश घोषणा भए पनि छुवाछुतको समस्या अझै निर्मूल हुन नसकेको भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । छुवाछुत विरुद्धको दिवसको अवसर पारेर शुक्रबार आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागीले जातीय विभेद तथा छुवाछुतको उत्पीडनबाट प्रताडित समुदायले मुक्ति पाउन गरेको आशा अझै पनि पूरा नभएको औंल्याएका थिए । […]
२२ जेठ, बाजुरा । बाजुरा जिल्लामा आज ४३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ६ सय १६ पुगेको छ । आज ६० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । आज बाजुरामा ४ जना निको भएर घर फर्किएका छन । जिल्लामा पछिल्लो […]
बझाङ: जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ।सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए। अब आइतबारबाट नियमित उत्पादन हुने उनले बताए। केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि […]
२२ जेष्ठ, हुम्ला । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी […]
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ९७ हजार ६९९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । संक्रमण फैलिएसँगै आइसोलेसनमा बस्नेहरुको संख्या पनि बढ्दो छ । विशेषगरी कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दीर्घरोगीलाई विशेषज्ञले विभिन्न सुझाव दिएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर हरिहर खनाल कोरोना माहामारीका समयमा पनि मुटु रोगका बिरामीहरुलाई नियमित औषधी […]
अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका […]
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । उनले आज जनता समाजवादी पार्टीलाई सरकारमा समावेश गरी मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।मन्त्रिमण्डलमा यसअघि नेकपा एमालेबाट मन्त्री रहेकाहरु पनि दोहोरिएका छन् । नयाँ अनुहारलाई पनि ओलीले मन्त्री बनाएका छन् । एमालेबाट मन्त्री भएकाहरु विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री रघुवीर महासेठ, उपप्रधानसहित परराष्ट्रमन्त्री […]
नागरिक रैबार/बाजुरा २१ जेठ ।सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले आर्थिक संकलन गरि सुदुरपस्चिम प्रदेशका ९ वटै जिल्लाहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले अष्ट्रेलियामा बस्ने नेपालीहरु संग २ लाख ६० हजार आर्थिक संकलन गरी सुदूपश्चिमका ९ वटा जिल्लामा प्रत्येक जिल्लाका लागि ३१ हजार बराबरका स्वास्थ्य सामाग्री सहयोग […]
२१ जेठ, काठमाडौं । सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका […]
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । हाल सक्रिय संक्रमितको संख्या घटेर ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो […]
२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।
नागरिक रैबार/बाजुरा २१ जेठ। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा व्यवसायीक कृषकहरुलाई वर्षे फलफुलका विरुवाहरु वितरण गर्ने भएको छ । ज्ञान केन्द्रले आज एक सूचना जारी गर्दै जिल्लाका कृषकहरुलाई जेठ २५ गते भित्र कृषि ज्ञान केन्द्र र सम्वन्धित स्थानीय तहमा सम्पर्क गरेर कम्तिमा ५० वटा वर्षे फलफुलका विरुवाको माग गर्न भनेको छ । फलफुल रोपौं, कृषक […]