होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चक्र बहादुर अयडी/बाजुरा २१ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकालाई पक्की सडक संजालसंग जोड्नका लागि मौरेमा मोटरेवल पक्की पुल निर्माण हुने भएको छ । विगत लामो समय देखिको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, माननिय लाल बहादुर थापा, जनकराज गिरी लगाएतका नेता तथा कार्यकर्ताको ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्किपुल निर्माण हुन […]
२१ जेठ, काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ […]
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए । ‘यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान […]
नागरिक रैबार/बाजुरा २१ जेठ। सुदूरुपश्चिम प्रदेश सरकारका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहलाई प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टिकरण सोधेका छन् । मन्त्री शाहलाई पार्टी स्थायी कमिटीको निणर्य विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । […]
सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत् स्नातक तह उत्तीर्ण गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिइने घोषणा गरेको छ।यो कार्यक्रम पुरानै प्रकृतिको हो। अहिले ७ लाखसम्म ऋण पाइने सीमालाई बढाएर २५ लाख पुर्याइएको मात्रै हो। झट्ट सुन्दा यो कार्यक्रम निकै लोकप्रिय छ, यसले पढेका बेरोजगार युवालाई उद्यमी बन्न मद्दत गर्ने सरकारको […]
सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ ।गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए […]
संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यन्वयन हुन नसक्दा नेपालमा अझै पनि जातीय विभेदका घटनाहरुमा कमी आउन नसकेकोमा राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १५ वर्ष पूरा भएको छ । नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक […]
२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, दुर्घटना बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान, महासंघको निर्माणाधीन भवनलाई बजेटदेखि सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारसम्मका व्यवस्था बजेटमा समेटिएका छन् । अर्थ […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा खुम्चिएको छ।सुरूवाती दिनहरूमा प्रदेशभरी औषतमा दैनिक २ हजार जनाको नमूना परीक्षण गरिँदै आएकोमा अहिले दायरा घटेर दैनिक ५ सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको छ। थोरै परीक्षण हुँदा संख्यात्मक रूपमा कम संक्रमित देखिएपनि संक्रमणको दरमा भने खासै कमि आएको छैन। जेठ महिनाको अन्तिम साता संक्रमण […]
नेपाली समाजलाई विभाजित गराएर द्वन्द्वमा धकेल्दै पछौटे बनाएको हिन्दु वर्ण र जात व्यवस्थामा आधारित जातीय विभेद र छुवाछुत दलित जनताको निरन्तर प्रतिरोध र बलिदानपूर्ण संघर्षका कारण राज्यले सम्बोधन गर्नुपर्ने तहमा आयो । र २०६२–६३ को जनआन्दोलनको बलमा पुनःस्थापित संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र र सरकारले छुवाछुत उन्मूलन राष्ट्रिय दिवस घोषणा गर्यो । शान्ति, विकास, सामाजिक न्याय, समानता स्थापित […]
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ ।कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो । कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।विविध विषयअन्तर्गत […]
काठमाडौँ– अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन । यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन्। नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने अमेरिकी घोषणाबारे नेपालका लागि […]
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा […]
सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए । बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित […]
सरकारले कोरोना परीक्षणको दायरालाई अझै विस्तार गरिने बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना परीक्षणलाई अझैं बढाइने बताए। अहिले परीक्षण घट्नुमा केही कारण रहेको भन्दै मन्त्रालयको मनसाय परीक्षणलाई घटाउनु नरहेको उनको दाबी छ। ‘संक्रमितहरूको संख्या घट्दो छ तर परीक्षणको अनुपातमा ३० प्रतिशतभन्दा बढी पोजेटिभ आउनुभएको छ। त्यसैले हाम्रो परीक्षण अझैं बढ्नैपर्ने छ, […]
काठमाडौँ– काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार पहिले […]
एजेन्सी, २० जेठ । भारतमा लकडाउन खुल्न थालेको छ । भारतका विभिन्न प्रान्तहरुका जोखिम कम रहेका क्षेत्रहरुमा लकडाउन खुल्न थालेको हो । महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा भोलिबाट लकडाउन अन्तको घोषणा गरिएको छ । त्यहाँ पाँच चरणको लकडाउने खोल्ने योजना घोषणा भइसकेको छ ।मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय खुलेको छ । चरणवद्ध तरिकाले लकडाउन हटाइँदैछ […]
नागरिक रैबार/बाजुरा २० जेठ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत कोरोना संक्रमण मुक्त भएका छन् । जेठ १३ गते एन्टिजेट विधिबाट गरिएको परिक्षणमा अध्यक्ष रावतलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएको ८ दिनपछि पुनः परिक्षण गर्दा कोरोनाको रिपोट नेगेटिभ आएको अध्यक्ष रावतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । अध्यक्ष रावतले सामाजिक […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो । यसका साथै […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा आज २३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय ५२ पुगेको छ । आज ६४ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै आज एक जना निको भएर घर फर्किएका छन । बाजुरामा निको […]