होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ । सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो । छात्राबासका वार्डेनले […]
काठमाडौँ — ज्येष्ठ नागरिकको सम्पत्ति हस्तान्तरणका लागि ‘इच्छापत्र’ को व्यवस्था गर्न राष्ट्रिय समावेशी आयोगले सरकारलाई सिफारिस गरेको छ । पैतृक सम्पत्ति हात पार्ने लोभमा बाबु–आमालाई हेला गर्ने प्रवृत्ति देखिएको भन्दै आयोगले उनीहरूको संरक्षणका लागि पहल थालेको हो । आयोगले ‘ज्येष्ठ नागरिक सम्बन्धमा नेपालमा भएको कानुनी व्यवस्था, त्यसको कार्यान्वयनको अवस्थासमेतको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन–२०७८’ मा यस्तो सिफारिस गरेको […]
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा […]
धनगढीः आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ३९ स्थानीय तहलाई एकीकृत […]
आज हामी ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै छौँ । मार्च ८ को नारी दिवस मनाइरहँदा हामी आजको दिन नै लैंगिक समानताको व्यापक पैरवी गर्छाैं । आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक पनि बनाउँछौँ । महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमै संघर्ष गरेको एक शताब्दी भइसक्यो । […]
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र […]
काठमाडौं । आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ । हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए । ‘५ […]
धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।मोहनापुल-अत्तरिया सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमाबा २ ख५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी १६ वर्षीया स्वस्तिका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा […]
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् । अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ […]
धनगढीः कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया बालिका र भीमदत्त नगरपालिकाका १६ वर्षीय बालकको सम्बन्धबाट छोरी (शिशु)को जन्म भएको हो। केही दिनअघि बालिका विरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पगेकी थिइन्। अस्पतालमा बालिकाले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन […]
सिन्ह्वा, २३ फागुन । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार […]
ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए । कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई उपचारका लागि […]
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४० जना किशोरीलाई साइकल वितरण गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा नगरपालिकाले विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा नगर क्षेत्रभित्रका ८ वटा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित तथा जेहनदार ४० जना किशोरीहरूलाई साइकल वितरण गरेको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए। नगरपालिकाले विद्यालयहरूसँग छात्राहरूले २० वर्षअघि विवाह तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत […]
चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । मञ्जुलाई पक्राउ गरी […]
साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो । उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको […]
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र […]
नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहको पक्षमा अभियान चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । काँग्रेस सांसद डिना उपाध्याय महालक्ष्मी, रंगमति शाही, एमाले सांसद बिन्दा पाण्डे लगायत आइतबार मन्त्रालय नै पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । पीडितलाई थप पिडा दिने गरी पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई […]
दमौली: तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो। आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। “हामी क्षतिको विवरण […]
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्र बसोबास गरी पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको सामुहिक दुर्घटना विमा गरिदिने भएको छ । पत्रकारहरुको पेशागत संमेदनशीलतालाई मध्येनजर गरी पत्रकारहरुको पेशागत सुरक्षाका लागि नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७८/८९ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त पत्रकारहरुको सामुहिक दुर्घटना विमा […]