होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए […]
बाजुरामा मंगलवार २१ जनाकाे पुष्टि सँगै ९३ जना काेराेना संक्रमित भएका पुगेका छन् । २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने एकजना कालिकाेट अस्पतालमा उपचार गराइरहेका काेराेना जितेर घर गइसकेका छन् । एकजना भने धनगढीमा उपचार गराइरहेका छन्, अरु सबै बाजुराका स्थानिय क्वारेनटाइनमा रहेका छन् । बाजुरामा मंगलवार राष्ट्रिय प्रयाेगशाला आएकाे रिपाेटमा २० जना त्रिवेणि […]
धनगढी : सुदूरपश्चिममा थप एक सय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, […]
९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
धनगढी : सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। […]
बाजुरा ९ असार– बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई ओटा बाघको छाला सहित तीन जनालाई पक्राउ परेका छन् । त्रिबेणी नगरपालिका वडा नम्बर ५, ६ र ७ का तीन जना बन्यजन्तु तस्कर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको […]
कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन्। कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो। आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ। आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ। यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज […]
८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ […]
८ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा […]
धनगढी : स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक पारित सुदूरपश्चिम प्रदेश सभाबाट आज पारित भएको छ। सर्वोच्च अदालतले यसअघि प्रदेश सरकारले बनाएको कानून अनुसार स्थानीय तहका जनप्रतिनिधिलाई सेवासुविधा दिनु संविधान विपरीत हुने फैसला सुनाएपछि सुदूरपश्चिम सरकारले फेरी संशोधन विद्येयक दर्ता गराएकोमा आज पारित भएको हो। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक […]
बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एक चर्च बनाउने काममा बालबालिकाको प्रयोग भएको पाइको छ । सदरमुकाम मार्तडीको खेलकुद मैदानको नजिकै नया निर्माण हुन लागेको चर्चमा बिहान देखी मध्यान्ह सम्म बालकालिकाहरु निकै दुखका साथ बालुवा र गिट्टी बोकीरहेको पाइएकाे हाे । सरकारले बालबालिकाको श्रम हुने गरी कुनै पनि बालबालिकाहरुलाइ श्रममा काम नगर्न भनेको भए पनी सदरमुकामै […]
काठमाडौँ — घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन थाल्यो । बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टाइनमा रहेका अन्य ५३ जनाको उपचार गर्ने जिम्मेवारी छ । ‘बच्चाको […]
धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ। रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई सीमानाका नजिकै डोकेबजार क्षेत्रमा निःशुल्क खाना […]
७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा झण्डै ५६ करोड बजेट खर्च गरेको छ। सरकारले खडा गरेको कोरोनाको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोड सहित करिब ५६ करोड खर्च गरेको हो। सुदूरपश्चिम प्रदेशको गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना भाईरसको रोकथाम, जोखिम न्यूनिकरण, क्वारेन्टिन तथा आपतकालिन व्यवस्थापननका लागि […]
७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]
बाजुरा: चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुरा पुगेका छन्। दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडि जिल्ला घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन। डाक्टर केसी एक हप्ता बाजुरा बस्ने जनाइएको छ। डाक्टर केसीले यसअघि बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन्। बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका […]
काठमाडौं : कोरोना जितेकाहरू बाहिर आउनुस् कोरोना लागेपछि मरिहालिन्छ भन्ने गलत अफवाहलाई चिर्न जरुरी छ। यसका लागि व्यापक जनचेतनाको आवश्यकता देखिएको छ। कोरोना लागेपछि मृत्यु भइहाल्छ भन्ने आम बुझाइका कारण पनि मानसिक तनाव थपिँदै गएको छ। नेपालमा हालसम्म नेपालमा कोरोनालाई जितेर डिस्चार्ज भएकाको संख्या १ हजार १ सय ६७ नाघेको छ। कोरोनालाई जितेर घर फर्किएका सीमित व्यक्ति बाहेक […]
धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरको छ। सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन्।