होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ अनुसार बडीमालिका नगरपालिका–८ बाजुराका प्रकाश रावल जिल्ला युवा सशक्तिकरण समिति बाजुराको अध्यक्ष पदमा मनोनित भएका छन् । मन्त्रालयको २०८३ जेठ २३ गतेको निर्णयअनुसार रावललाई उक्त पदमा मनोनित गरिएको पत्रमार्फत जानकारी गराइएको हो । प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ११ […]
सरकारले अबदेखि कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने अनलाइनखबरलाई बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन […]
‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ। वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ। सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ। जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका […]
प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको […]
बाजुराको ग्रामीण गाउँ स्वामिकार्तिक खापर गाउँपालिका ३ काे जुकाेटमा जन्म भइ बाजुरामै हुर्केका प्रभाव शाही ठकुरी हाल नेपाली फिल्म उद्योग र रंगमञ्चमा उदाउँदै गरेका सशक्त कलाकार, निर्देशक समपादक र सामाजिक कार्यकर्ताका रूपमा चिनिन थालेका छन । सुदूरपश्चिमकाे दुर बाजुराबाट सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला–मञ्चतर्फ उन्मुख हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशका एक […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईँ रिहा भएका हुन् । प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो। […]
पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका सागर धामीलाई सम्मानित गरिएको छ । स्वर्णपदक विजेता धामीलाई बाजुरा युथ कनेक्ट संस्थाको तर्फबाट सोमबार एक औपचारिक कार्यक्रमका विच काठमाण्डौंमा सम्मानित गरिएको हो । बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका घर भएका धामीले २०८० असाेजमा भएकाे पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका थिए । धामीलाई सम्मान गर्दै […]
बुढीनन्दा नगरपालिकाको आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा बाजुराको कोल्टी आधारभूत अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको तीनदिने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया, र १९ जनाको नाक, कान र घाँटी (ENT) […]
नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् […]
रूकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट– २ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट– १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वली छन्। […]
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । बाजुरा कप २०८२” नामक ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले […]
जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूलाई सरकारी सेवा नियमित रूपमा संचालन गर्न अनुरोध गरेको छ । सोमबार सामाजिक संजालमार्फत सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा हालसम्म कुनै विपद्जन्य घटना नदेखिएको र अवस्था सामान्य रहेकाले आज देखि जिल्लाभित्र रहेका सबै सरकारी कार्यालयबाट नियमित सेवा प्रवाह गर्न अनुरोध गरेको हो ।
आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। […]
काठमाडौँ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा […]
सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि रुट परमिट खुला गरिएको हो । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध […]
काठमाडौं : आज देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको […]
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्काे बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने ताेकिएकाे छैन । आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले […]