होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्काे बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने ताेकिएकाे छैन । आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले […]
काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ […]
काठमाडौँ । नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो । जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न भनिएको हो । यद्यपि संविधानले तोकेको प्रक्रिया […]
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् […]
निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। २०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए। चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो। सर्वोच्चले गण्डकी […]
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको […]
बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो र बाजुरामा पहिलाे बनेको छ । कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो । घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो । बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले […]
काठमाडौँ । कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा आजै सार्वजनिक गर्न लागिएको रातोपाटीलाई बताए । उनले त्यसका लागि बोर्ड बैठक बस्नेसहितको आवश्यक कार्य भइरहेको बताए । कक्षा १२ को परीक्षा वैशाख २१ देखि सञ्चालन गरिएको थियो । शर्माका अनुसार परीक्षामा पाँच हजार २०२ […]
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुरामा असारको अन्तिम सम्ममा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत जेठ दोस्रो हप्तादेखि सुरु भएको धान रोपाइँ अहिले सम्म जम्मा ८४ प्रतिशत सम्पन्न भएको हो । लामो समयसम्म परेको खडेरीका कारण असार अन्तिम सम्म जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८४ प्रतिशत धान रोपाइँ सम्पन्न गरिएको भएको कृषि ज्ञान […]
नागरिक रैबार/ बाजुरा ३१ असार। बाजुराका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र गौमुल गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेबाट हाजिर नगर्न आग्रह गरेको छ । आइतवार तिन वटै पालिकाकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई हाँजिर नगर्न आग्रह गरेको हो । हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा […]
नागरिक रैबार/बाजुरा ३० असार। बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक सुनुवाइ गर्दै सम्पन्न गरेको हो । नगरपालिकाले आव २०८१/८२ का लागि ५० करोड ३८ लाख २६ हजार ५ सय ५२ रकम अनुमानित बजेट ल्याएको थियो । जस मध्ये ३९ करोड […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव […]
नागरिक रैबार/बाजुरा २४ जेठ। शुक्रबार दिउसो बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा आगलागी भएपछि नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध भएको छ । बाम्का बजारको नवदुर्गा होटलमा सिलिण्डर ग्यासबाट आगलागी भएपछि साँफे मार्तडी राजमार्ग हुँदै विस्तार गरिएको नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध बनेको हो । आगलागीपछि त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिका र सदरमुकामसम्म इन्टरनेट […]
नागरिक रैबार/बाजुरा २२ जेठ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । बुधबार बाजुराको कोल्टीमा जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको बृहत जागरण सभालाई सम्बोधन गर्दै अभियान्ता सुनारले यस्तो बताएका हुन् । दलितका लागि दलित अभियान […]
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। त्यस्तै कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबार बिहान कोशी प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार गएको एक घन्टामा उदयपुरको चुरीमाइमा ४१.२ मिलिमिटर वर्षा […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई आइतबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ७ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्भेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना […]
काठमाडौँ । राइड सेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले अनिश्चितकालिन हड्ताल घोषणा गरेपछि नेपाल प्रहरीले काठमाडौँका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यातायात व्यवसायीले सोमबारबाट गरेको हड्तालका कारण यात्रुहरुलाई समस्या परेको भन्दै प्रहरीले बस सेवा सञ्चालन गरेको हो । नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा सेवा सञ्चालन गरेको छ । जसमा एउटा रुट […]
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाउँदैछ। आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतार्दैछ भने जिल्ला-जिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ। एमालेले […]
नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ। संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने संघका एक नेताले जानकारी दिए। अध्यक्षका दावेदार […]