होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ मंसिर, काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू हुन करिब तीन महिना बाँकी छ । गत वर्ष ६ चैतका लागि निर्धारित परीक्षा नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण अघिल्लो साँझ स्थगित भएको थियो । गत वर्षको परीक्षा तालिकालाई आधार मान्ने हो भने यो वर्षको एसईई सुरू हुन जम्मा १३ हप्ता बाँकी छ […]
नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द […]
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण चार महिनादेखि अवरुद्ध बनेको पठनपाठनलाई पूर्णता दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । कोरोनाले शैक्षिक गतिविधिमा नोक्सान भएका कारण यसको परिपूर्तिका लागि अतिरिक्त कक्षा लिन थालिएको हो । पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धिलाई […]
सदरमुकाम मार्तडीमा रहेकाे मालिका माविकाे विद्यालय व्यवस्थापन समितिकाे गठन अाज हुने भएकाे छ । २०७३ साल असाेजमा भएकाे विव्यस लाई पुनर गठन गर्दै मालिका माविकाे नयां विद्यालय व्यवस्थापन समिति अाज गठन हुने मालिका माविले बताएको छ । विव्यय गठन कार्यक्रमा विद्यालयका अभिभावक र शिक्षा प्रेमिहरू विद्यालयमा सहभागी भएका छन् ।
यो वर्ष (२०७७ साल) को माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिले र कसरी गर्ने भन्ने अन्योल भएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरे पनि यो वर्ष कहिले र कसरी गर्ने भन्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छैन । मन्त्रालयले निर्णय नगर्दा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी […]
कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस […]
कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् । जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी […]
२१ मंसिर, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण धेरै समय विद्यालय बन्द भएकाले अब सातै दिन सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालनमा आउने नगरपालिकाका शिक्षा परीक्षक थलवीर वलीले बताए । ‘बिदाको समयलाई […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ मा रहेको लक्ष्मी माद्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । शैक्षिक शत्रको अन्त्य आउन लाग्दा पनि विद्यालयले पाठ्यपुस्तक उपलव्ध नगराएपछि विद्यालयमा ताला लगाएका हुन् । कोभिड-१९ का कारण ८ महिनासम्म पढाई नभएको र विद्यालयमा शिक्षकको पुर्ति र विद्यालयमा समयमै पाठ्यपुस्तक नदिएपछि विद्यार्थीले ताला लगाएको विद्यार्थीले […]
२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ महामारीले उत्पन्न संकट विश्वका सबै मुलुकका लागि समान भएकाले साझा चुनौती सामना गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् । कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले आयोजना गरेको ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने […]
२० मंसिर, काठमाडौं । शिक्षाविद् र शिक्षकले विद्यालय पुनःसञ्चालन र वैकल्पिक माध्यमको सिकाइमा प्रभावकारिताका लागि अतिरिक्त स्रोत, साधन उपलब्ध गराउन सुझाएका छन् । सरकारले कोभिड–१९ को जोखिम मूल्याङ्कनका आधारमा विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा दिएपछि विद्यालय क्रमशः खुल्न थाले पनि स्वास्थ्य सामग्रीलगायतको अभाव र सबै विद्यार्थी उपस्थित नहुने समस्या देखिएको छ । शिक्षा पत्रकार समाज […]
सार्वजनिक शिक्षा सुधारका लागि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले दुई वर्षअघि सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारले रोकेर राखेपछि आयोगका सदस्यहरूले नै दरबार हाइस्कुलमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वमा २४ असार ०७५ मा २५ सदस्यीय आयोग गठन भएको थियो । सोही वर्ष २२ पुसमा आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, […]
१९ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ । २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट […]
कोरोना भाइरस संक्रमणको जोखिमबीच काठमाडौंका विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय सरकारबीच मात्रै होइन, एउटै स्थानीय तहका जनप्रतिनिधिबीच पनि मतभेद देखिएको छ । जसले गर्दा विद्यालय खुल्ने वा नखुल्ने भन्ने विषय टुंगो लाग्न सकेको छैन । केही स्थानीय तहका वडाध्यक्षले विद्यालय खोल्ने तयारीसमेत गरेका छन् । काठमाडौं उपत्यकामा दुई महानगर र १६ वटा […]
विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै […]
९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो । ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरूले सामाजिक सञ्जालमा आएको र परीक्षाका लागि […]
सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान […]
मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे । कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ । मन्त्रालयले कार्यढाँचा जारी गरेको […]
जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले […]
९ मंसिर, काठमाडौं । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. […]