होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो । बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार […]
काठमाडौँ — एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलगायत विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहेको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । […]
कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी निर्णय गरी संवत् २०७६ को सो […]
शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका […]
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो । विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा […]
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको […]
काठमाडौँ । आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ […]
कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने […]
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । “हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय […]
२ माघ, काठमाडौं । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र […]
काठमाण्डाै – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर […]
काठमाण्डाै – कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । ४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम […]
२८ पुस, काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको बताए । […]
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अहिले तनावग्रस्त बनेको छ । प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ । परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रूत बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु […]
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् । गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय […]
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा […]
नन्दा थापा/पुष २१ बाजुरा। बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये सदरमुकाम मार्तडीमा रहेको नगरपालिका हो बडिमालिका नगरपालिका । यस नगरपालिकामा २५ वटा सामुदायिक विद्यालयमा २ हजार ७ सय १८ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले सन् २०२२ सम्मसबै विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ तीन ताराको अवधारणा अनुरुप काम गर्दै आएको छ । तर बालबालिकाको […]
नागरिक रैबार बाजुरा २१ पुस जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको अर्धवार्षिक परिक्षा (हिजो) सोमबारबाट सूरु भएको छ । कोभिड-१९ का कारण लामो समयपछि नियमित पढाई संचालन गरेको मालिका माविले हिजोबाट अर्धवार्षिक परिक्षा सुरु गरेको हो । ईसिडि देखि कक्षा १० सम्मको अर्धवार्षिक परिक्षा सुरु गरेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । अर्धवार्षिक परिक्षामा […]