होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो
समाचार

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

  • नागरिक रैबार
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

२८ पुस, काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।

अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको  बताए ।

 

विज्ञापन

गणित विषय अनिवार्य गर्ने सन्दर्भमा अदालतले आदेश दिनुभन्दा प्राज्ञ, विज्ञ र सरोकारवालासँग छलफल गरेर एक वर्षभित्र पुनर्विचार गर्न भनिएको छ । यद्यपि, लिखित आदेश आइसकेको छैन ।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार