होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछामः अछाममा कक्षा ११ को प्रश्नपत्र बाहिरीएको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई स्पष्टीकरण साेधेको छ।कक्षा ११ को लेखा विधिका सिद्धान्तको प्रश्नपत्र बाहिरीएको खबर प्रमाणसहित विभिन्न सञ्चार माध्यममा आएको भन्दै सरस्वती माध्यमिक विद्यालय जयगढलाई उक्त विषयमा स्पष्ट पार्न इकाईले पत्र पठाएको हो। साथै विद्यालयलाई प्रश्नपत्रको गोपनियता भंग गरेमा शिक्षा ऐनको नियम १७(१क) बमोजिम दण्ड […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए । उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए । विद्यार्थी प्रनिशा बानियाँले […]
हुम्ला २४ साउन । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा […]
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षा शास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा […]
२१ साउन, पाल्पा । आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन्। दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका-२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक […]
जाजरकोट– कोभिड–१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् । बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहेका छन् । उनलाई पढाइभन्दा पशुचौपायाको माया […]
काठमाडौँ — मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ । पदाधिकारी सिफारिस भएको सात महिनापछि सरकारले मंगलबार आयोगमा अध्यक्षसहित दुई सदस्यलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षमा पूर्वसचिव मधुप्रसाद रेग्मी, सदस्यहरूमा पूर्वसहसचिव डिल्लीराम रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जन छन् । आयोगका प्रशासकीय प्रमुख दिनेशकुमार […]
१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’ कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे […]
१८ साउन, दमौली । कोरोना संक्रमणको जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि त्यसको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ […]
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग समितिले बुधबार छलफल गरेको थियो । समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी […]
काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने सम्झौता गरेका छन् […]
काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले […]
काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको सकारात्मक सहउत्पादनका रूपमा विकास भएको शिक्षण सिकाइका वैकल्पिक माध्यममध्ये अनलाइन कक्षामा शिक्षकका आफ्नै गुनासाहरू छन् । अनलाइनमा पढाउने क्रममा शिक्षकका अनेक अनुभवहरू छन् । काठमाडौँ त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयकी शिक्षिका उर्मिला मानन्धरलाई एक दिन एक जना अभिभावकको फोन आयो । ती अभिभावकले शिक्षिकाले नपढाएको भन्ने गुनासो गरे । उर्मिला अचम्ममा […]
चितवन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना शुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने […]
काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं कक्षा ११ […]
काठमाण्डौ – कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ।कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो। शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए। सीसीएमसीबाट […]
कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने […]
काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्था विपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को […]