होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’
सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक […]
काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेको छ । यो निर्णयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित ३ जना सांसदले लिखित असहमति जनाएका छन् । प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जानकारी दिएका हुन् […]
अमेरिकी सहयोग परियोजना (एमसिसी) संसद बैठकको कार्यसूचीमा परेको छ।आइतबारको बैठक सुरू हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको हो। संघीय संसद सचिवालया प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसिसी सम्झौता अनुमोदन गर्ने प्रस्ताव टेबल हुनेछ। प्रस्तावमाथि छलफल गर्ने विषयमा भने आज कार्य व्यवस्था परामर्शमा कुरा भएन।अर्को बैठक फागुन १२ […]
तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले एमसीसी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको संसद् बैठकमा पेश गर्न सत्ता गठबन्धनमा सहमति जुटेको हो । जुन मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अलवा उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे […]
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ ।आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा हामी आन्दोलन […]
सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन् […]
काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय पनि गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ । साझा धारणा बनाउने प्रयासमा यसअघि पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली […]
नागरिक रैबार बाजुरा ७ फागुन। नेकपा एकीकृत समाजवादी पार्टी बाजुराले जिल्लाकाे स्वामिकार्तिक गाउँपालिकामा गाउँ कमिटी गठन गरेकाे छ । शनिवार समाजवादी पार्टीले स्वामिकार्तिक गाउँपालिकामा आयाेजना गरेकाे प्रमम भेलाबाट गाउँ कमिटीकाे अध्यक्षमा पशुपति राेकाया रहने गरि ९५ सदस्यीय कमिटी गठन गरिएको हाे । स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते ताेकिएसंगै नेकपा एकीकृत समाजवादी पार्टी जिल्लाभर संगठन […]
नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी चीनले मुख खोलेको छ।शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको छ। ‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बडिमालिका नगर कमिटीको दोस्रो बैठक पार्टी कार्यालय मार्तडीमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रमेश चदाराको अध्यक्षतामा संचालन भएको दोस्रो बैठकको संचालन नगर कमिटी सचिब प्रेम बहादुर बिश्वकर्माले गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथी नबनिर्बाचित प्रदेश कमिटी सदस्य मान बहादुर बिक मनोज रहनु भएको थियो भने, विशिष्ट […]
भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने […]
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका छन् । संसद बैठकपछि सम्मानित नेता खनालले एमसीसी संसदमा टेबल भए सबै सांसदहरुले मत राख्न पाउनुपर्ने बताए । उनले भने, ‘एमसीसीमा गम्भीर आपत्तिका कुराहरु छन् । यो राष्ट्रलाई घात गर्ने पक्षका कुराहरु छन् । यी कुराहरु नसच्चिएसम्म संसोधन […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक […]
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए । […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बानेश्वरमा नेकपा एकीकृत समाजवादीका […]