होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र […]
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ फेरि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग कुराकानी गर्ने भएका छन्। बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
राप्रपा धादिङको उपाध्यक्षमा दीपा तामाङ चयन भएकी छन् । उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । धादिङको रुबिभ्याली गाउँपालिकाकी उनी नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती हुन् । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको […]
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो । संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय […]
काठमाडौं, १२ फागुन : नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । काठमाडौंमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन् । नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन । विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य […]
मुगु — जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादीलगायत प्रमुख राजनीतिक दलहरूले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका हुन् । जाडो छल्न प्रदेश राजधानी सुर्खेत र तराईका विभिन्न जिल्लामा गएका राजनीतिक […]
सुन्सेरा, दार्चुला — जोखिमपूर्ण यात्राले सबैभन्दा बढी चर्चामा आउने महाकालीका तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुंगे पुल उद्घाटनको पर्खाइमा छन् । हस्तान्तरण हुन बाँकी भन्दै दुवैमा ताला लगाइएकाले सर्वसाधारणको कष्ट उस्तै छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका तुइन पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले शनिबार हटाएपछि व्यास गाउँपालिकाका बासिन्दाले थप सास्ती खेप्नुपरेको छ । सरकारले […]
बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो । नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष […]
४ दिनअघि राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई राप्रपाले जिम्मेवारी दिएको छ । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् । फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो । समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार […]
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा मनोनयन सुरु गरेका छन् । हालै निर्वाचन आयोगबाट उनको नेतृत्वको पार्टी अध्यावधिक भएसँगै राप्रपा नेपालको औपचारिक घोषणा गरेका थापाले मंगलबार वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह (धनुषा),अधिवक्ता प्रा नरप्रसाद थापा (काठमाडौं),पूर्व प्रशासक ज्ञानेन्द्र कार्की (काठमाडौं) र उद्यमी रमेशराज पन्त (नवलपरासी) लाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका हुन् । थापाले सम्वर्द्धनवाद, सुशासन […]
११ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा […]
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। संसदमा टेबुल भएको एमसिसीका विषयमा छलफल गर्न देउवा खुमलटार पुगेको बताइएको छ। सत्ता गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद भइरहेको समयमा देउवा खुमलटार पुगेका हुन्। दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ।
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष एमालेसँग समानान्तर छलफल अघि बढाएका छन् । सत्ता गठबन्धन दलकै विरोधले एमसीसी सम्झौता अनुमोदन सुनिश्चित हुन नसकेपछि देउवाले बहुमतका लागि सक्रियता बढाएका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता केन्द्रमा राखेर मंगलबार साँझ बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सघन छलफल गरेका […]
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताएका हुन् । उनले भने,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै […]
१० फागुन, जनकपुरधाम । मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो । नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशन १५ फागुनमा हुँदैछ । त्यस्तै प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक […]
१० फागुन, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो । अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी […]
धनगढीः राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका युवा नेता महेश बस्नेत धनगढी आएका छन्। उनी सोमबार साँझ धनगढी पुगेका हुन्। बस्नेत मंगलबार बिहान प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागी भएका थिए। उक्त पत्रकार सम्मेलनमा समसामयिक विषयमा नेकपा एमालेको धारणा राख्दै बस्नेतले अहिले विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), स्थानीय तहको […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ परेका छन । उनले दलित समुदायका एक जनालाई अश्लिन सब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । उनको नाममा ३ दिन पहिले एक जना दलितलाई डुम शब्द […]
९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो । शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ । पूर्वप्रधानमन्त्री खनालले […]