होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन्। शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ। नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्।उनी साउन २५ मा स्वदेश फर्किनेछन्। प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ। जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे […]
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक सुरु भएको […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।क्रान्तिकारीमाओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति […]
काठमाडौँ — लोकतान्त्रिक शक्तिहरूका लागि महत्त्वपूर्ण चाड मानिने आवधिक आमनिर्वाचन अबको १०७ दिनपछि हुँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि आउँदो मंसिर ४ मा एकै चरणमा निर्वाचन हुने भएको हो । निर्वाचनबाट ८ सय २५ जनप्रतिनिधि चुनिने छन् । यही निर्वाचनबाट प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० जना प्रत्यक्षतर्फ निर्वाचित हुनेछन् भने प्रतिनिधिसभामा […]
काठमाडौँ — चुनावको मिति तोकिएसँगै सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान सिट बाँडफाँडका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएका छन् । अहिले बिहान साढे ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो । नेताहरुका अनुसार गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँडका […]
काठमाडौँ — नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगञ्जका ६३ वर्षीय रामशुभग मुसहरले छोरालाई विदेश पठाउँदा गाउँकै साहु जगदीश बानियाँबाट डेढ लाख रुपैयाँ ऋण लिए । ऋण दिएबापत् बानियाँले उनको ३ कठ्ठा १० धुर जग्गा दृष्टिबन्धकमा लिएका थिए । ‘छोरालाई विदेश पठाउन डेढ लाख रुपैयाँ चाहिएको थियो । ३ लाखको कागजमा सही गर्ने भए दिन्छु, नत्र दिन्न भनेपछि […]
काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतिर धकेलेको आरोप लगाएका छन् ।बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई […]
काठमाडौं । ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए । ‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई […]
प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर […]
सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको […]
मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको हो ।
सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न […]
काठमाडौंः सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन्। अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए। निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन्। सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा […]
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् । अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना […]
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे । […]
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए । उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई […]
अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको हो । अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरिएको थियो । करार सेवा अन्तरगत १५ जेठ […]
काठमाडौं: ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी भएकाे हो। अदालतले मुद्दा हात हतियार तथा […]
नागरिक रैबार/बाजुरा १३ साउन।नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिले एकहप्ता देखि अवरुद्ध भएको साँफे-मार्तडी सडक सूचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई आग्रह गरेको छ । शुक्रबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको नेतृत्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई साँफे मार्तडी सडक अन्तरगतको बल्दे-दवारी सडकलाई खुलाउन ध्यानाकर्षण […]