होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको […]
काठमाडौँ —काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गरे । त्यस्तै २ हजार २ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा २ हजार ४ सय ७० जनाले मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । उपनिर्वाचनमा यहाँ ७ हजार ६० जना मतदाता रहेका छन्। स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ८ सय ३३ जनाले मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । अहिलेसम्म यहाँ मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको छ । स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ३ घण्टाको अवधिमा १ हजार ३ सय १४ जनाले मतदान गरेका छन् । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ३ सय १४ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले बताएको छ […]
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार […]
काठमाडौँ । आइतबार भइरहेको स्थानीय तह उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ जना मतदाता रहेका छन्। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र […]
काठमाडौं– देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु भएको छ । बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ । […]
धनगढीः सुदूरपश्चिममा पाँच पालिकामा पाँचवटा पद रिक्त छन्। रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन लड्न चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार बाँकी विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि १२ जनाको उम्मेदवार चुनावी […]
नागरिक रैबार/बाजुरा १० मंसिर। स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निश्पक्ष एंव भयरहित बातावरणमा सम्पन्न गर्नका लागि आजबाट लागु हुने गरि पालिकाभित्र मदिरा विक्री वितरणमा पूर्णरुपमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना […]
काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको […]
काठमाडौँ । मङ्सिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उम्मेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो १२:०० बजे कीर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रवक्ता अग्निप्रसाद […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा माओवादी केन्द्रबाट स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी राजु कुमारी विक उम्मेदवारी फेर्ता गरेसंगै एमालेका लागि भोट माग्न व्यस्त भएकी छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मंसिर २ गते उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी विकले मंसिर ५ गते एमालेका उम्मेदवारलाई समर्थन गर्ने गरी उम्मेदवारी फेर्ता गरेकि उनि अहिले एमालेसंगै चुनावी प्रचारप्रसारमा सक्रिय […]
गोरखा : पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी माघ, फागुनदेखि काठमाडौं केन्द्रित शक्तिशाली आन्दोलन गर्ने संकेत गरेका छन्। नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आउँदो पुस २ गते बस्ने बैठकले यसबारेमा टुंगो लगाउने बताए। ‘केन्द्रीय कमिटीको बैठक आउदो पुस २ गते राखेका छौं। देशभर खबरदारी सभाद्वारा वार्मअप गर्ने, […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। नेकपा माओवादी केन्दबाट बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले उम्मेदवारी फेर्ता लिएपछि पार्टीले आपत्ति जनाएको छ । नेकपा माओवादी केन्द्र बाजुराले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वामीकार्तिक खापर गाउँपालिकामा राजु कुमारी विकले दर्ता गराएको उपाध्यक्ष पदको उम्मेदवारी फेर्ता पार्टीको निति निर्देशन विपरित भएको जनाएको हो […]
काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।आज बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बुझिएको छ । यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे पनि छलफल र निर्णय हुने बताइएको छ […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन् । उपनिर्वाचनमा आफ्नाे पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि दलहरू यतिखेर मतदाताकाे घरदैलाेमा धाहेका छन् । प्रचारप्रसार अभियानकै क्रममा स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस र एकिकृत समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरूकाे संख्या पनि बढ्न […]
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार खास निष्कर्षमा पुग्न नसकेपछि आज पुन: बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् । […]