होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका केही पदाधिकारीहरुलाई बिरोधकै बीच शपथ ग्रहण गराइएको छ । पदाधिकारी चयनप्रति असन्तुष्टी जनाउँदै बिरोध गरेका नेता÷कार्यकर्ताहरु घर फर्केपछि नेकपाले केही पदाधिकारीहरुलाई राति शपथ ग्रहण गराएको हो । नेतृत्व वर्गले सदस्य नै नभएका व्यक्तिहरुलाई पदाधिकारीसम्म बनाएको भन्दै शपथ ग्रहण स्थलमा नाराबाजी गर्दै कुर्सी तोड्फोड […]
काठमाडौं। निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ । आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो । नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी […]
काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन्। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए […]
२३ भदौ, विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने विराटचोक–घिनाघाट चार लेनको २० किलोमिटर लामो सडकको शिलान्यास भएको छ । प्रदेशको स्थायी राजधानी जोड्ने २२ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा २० किलोमिटर मात्र बन्नेछ । सडक निर्माण असोज महिनादेखि गर्ने तयारी छ । प्रादेशिक सडक उद्घाटन गदै मुख्यमन्त्री शेरधन राईले यो सडकले समृद्धिको ढोका खोल्ने […]
काठमाडौं, भदौ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन् । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विद्या भूषण पदक तथा नेपाल छात्रा विद्या पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन […]
काठमाडौं– सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे। सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म […]
बैतडी, २२ भदौ । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता(कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय […]
काठमाडौँ — कांग्रेस नेताहरूले सरकारको असफलताका कारण ‘दक्षिणपन्थी र उग्रवामपन्थी’ बाट राज्यप्रणालीमाथि प्रहार हुन थालेको बताएका छन् । त्यस्तो स्थिति आउनुमा सरकारको सर्वसत्तावादी सोच र काम गर्ने शैली मुख्य जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी नेताहरूले सर्वदलीय […]
काठमाडौं : सरकारले चीनसँग सहकार्य गर्ने परियोजनाको अवस्था खोज्न थालेको छ। केही दिनदेखि परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग चीनका परियोजना र आपसी सहकार्यबारे छलफल गरेको हो। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आउने निश्चित भएलगत्तै छलफल सुरु गरिएको अधिकारीहरूले बताए। ‘अहिले हामी निकै व्यस्त छौं। अन्तर मन्त्रालय छलफलको धपेडी चल्दैछ’, बैठकमा सहभागी एक अधिकारीले भने, ‘भ्रमण हुने भएपछि मात्र हामी छलफलमा […]
२० भदौ, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । ‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन’, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभासद् डिबी (डाेल बहादुर) कार्कीलाई पक्राउ गरेको छ। कार्कीलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिएका छन्। उनलाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिएकाे आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ । २०६७ भदौमा कार्र्की प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै रकम उठाउँदै गर्दा अख्तियारद्धारा पक्राउ […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको गौमुल गाउँपालिका साविकको दहकोट गाउँ विकास समितिका पुर्व अध्यक्ष कृष्ण रोकायाको मृत्यु भएको छ । दहकोट गाविसका पुर्व अध्यक्ष रोकायाको ५० वर्षको उमेरमा बुधबार सदरमुकाम मार्तडीमा उनको आफ्नै घरमा मृत्यु भएको आफन्त हिरेन्द्र रोकायाले बताएका छन् । लामो समयदेखि लिवर फेलका कारण उनको स्वास्थ्यमा समस्या आएको थियो । जसका कारण […]
डडेल्धुरा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपाली रहेका छन्। पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन्। बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले […]
१८ भदौ, सिन्धुपाल्चोक । चीन र नेपालबीचको व्यापारिक नाका तातोपानीमा तस्कर सक्रिय हुन थालेका छन् । भूकम्पपछि चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन […]
काठमाडौं- संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ। संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो। सामान्य प्राविधिक […]
काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले […]
१६ भदौ, काठाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि नेपालका आवासीय राजदूतलाई पद तथा गोपनीयाको शपथग्रहण गराएकी छन्। आइतबार शीतल निवासमा आयोजित विशेष समारोहमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त डा. नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल […]