होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१२ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् । बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका […]
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भन्दा धेरै काम निजी क्षेत्रले गरेको बताएका छन् । र, निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको उनले बताएका छन् । धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारसँग निजी क्षेत्रले डराउनु नपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको […]
नागरिक रैबार कोल्टी ११ मंसिर । कोल्टी क्षेत्रका स्थानीय बासीले मार्तडी कोल्टी सडक खण्डमा जिपको भाडा घटाई देऊ भनेर स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । तोकेको भाडादर भन्दा जिप व्यवसायीले मनोमानी भाडा असुली गर्नेक्रम नरोकिएपछि कोल्टी क्षेत्रका स्थानीयले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका हुन् । मार्तडीदेखि कोल्टीसम्मको भाडादर ८ सय लिन ताकेता गरिएको भएपनि व्यवसायीले १ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को समस्याका बेला सरकारको सहयोग परिमाणमा नभएर क्षमता र दक्षतामा हेर्नुपर्ने बताएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारबाट उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समस्यामा परेका निजी क्षेत्रले सरकारबाट ठूलो आर्थिक सहयोगको अपेक्षा गर्ने भन्दा पनि सरकारको क्षमता हेर्नुपर्ने बताए । ‘कोभिड–१९ को समस्यामा परेका […]
काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको लागि आज काठमाडौं आईपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव डा. भरतराज पौडेलले स्वागत गरेका थिए । विदेश सचिव श्रृंगलाले भने,‘नेपालमा आउँदा म निकै खुशी छु । रमाईलो लागेको छ । म पहिलापनि काठमाडौं आएको छु । तर, फरेन […]
११ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता सुरु भएको छ । बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कलह बढेको परिस्थितिलाई ध्यानमा राख्दै जनता समाजवादी पार्टी नेपालले ‘पर्ख र हेर’ रणनीति अख्तियार गरेको छ । सरकारविरुद्ध आन्दोलनको तयारीमा रहेको सो पार्टीले सरकार आफै आन्तरिक संकटमा परेका कारण आन्दोलनमा उत्रने आफ्नो निर्णयलाई तत्काल थाँती राखेको हो । नेकपामा देखिएको विवादका कारण देशमा जुनसुकै बेला जे पनि हुनसक्ने […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासङ्ग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता […]
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले विहीबार काठमाडौं उत्रेपछि विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिए । नेपाली भाषा बोल्न सक्ने भारतीय विदेश सचिवका रुपमा उनको चर्चा पहिल्यैदेखि थियो । तर, विहीबार उनले यसको प्रमाण प्रस्तुत गरे । आफू पहिले पनि नेपाल आएको तर विदेश सचिवका रुपमा पहिलोचोटि आएको श्रृंगलाले बताए । नेपाल […]
११ मंसिर, काठमाडौं । यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरुले गरेका छन् । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना)मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले अनलाइनखबरसँग भनिन्, ‘समग्रमा भन्नुपर्दा सरदरभन्दा […]
काठमाडौं । निर्देशक दीपेन्द्र दाहाल प्रधानमन्त्री केपी शर्मा ओली कलाकारिताका हिसाबले परिपक्व कलाकार भएको बताउँछन् । अभिनय गर्दै छु भनेर ओलीलाई अनुभूत नै नहुने गरेको उनको भनाइ छ । “उहाँलाई मेचोर्ड कलाकार भन्नुपर्छ । किनभने छायांकन हुँदै छ भनेपछि पनि उहाँ आत्तिनु हुन्न । उहाँलाई क्यामेराको राम्रो ज्ञान छ,” निर्देशक दीपेन्द्र भन्छन्, “कसरी क्यामेरामा प्रेजेन्ट […]
पोखरा : मनाङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामा डाँका चोरी मुद्दामा पक्राउ परेकी छिन्। हेटौंडामा समातिएकी उनलाई प्रहरीले कास्की जिल्ला प्रहरीको हिरासतमा राखेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए। उनले […]
नागरिक रैबार धनगढी ११ मंसिर । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख काट्नका लागि सरकारले अनुमति दिएको छ । मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन […]
यतिबेला आम नेपाली र नेकपाका कार्यकर्ताको ध्यान मंसिर १३मा केन्द्रित भएको छ।सत्तासिन दल नेकपाको अन्तर कलह चरम विन्दुसम्म पुगिरहेको बेला नेकपाले यहीँ मंसिर १३ गते सचिवालयको बैठक आवाह्रान गरेको छ।यसकारण मंसिर १३ आम नेपालीको प्रतिक्षाको दिन बनेको छ। यस दिनलाई प्रगति गर्दै गएको नेपाली राजनिती र नेकपाको अन्तिम देहावसान भएको दिनको रुपमा नगरि नेपाली राजनीतिको […]
भीम रावल । विचार । काठमाडौँ — नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै नेपाल–भारत सम्बन्ध समानता र स्वाधीनताको लोकतान्त्रिक मान्यतामा परिवर्तित हुनुपर्नेमा केही गलत मान्यता र अभ्यासको सुरुआत भयो । स्वतन्त्रता र स्वाधीनताका लागि भएको प्रजातान्त्रिक आन्दोलनको मर्मविपरीत नेपालको शासन–प्रशासनमा भारतीय हस्तक्षेप भित्रियो । यस्तो हस्तक्षेपलाई राणा प्रधानमन्त्री मोहनशमशेरले आफ्नो सत्ता जोगाउनका लागि २००७ […]
तपाईं ईश्वर भएको भए शून्यबाट ब्रह्माण्डको रचना कसरी गर्नुहुन्थ्यो ? दर्शनशास्त्र लामो निद्रामा रहेका बेला यो प्रश्नमा केही दशकदेखि भौतिकशास्त्रीहरू माथापच्ची गरिरहेका छन् । यो प्रश्नको जवाफ खोज्न सर्वप्रथम एउटा स्पेस (दिक् वा स्थान) को परिकल्पना गर्नुपर्छ । स्पेस बनाउनेबित्तिकै समयको घडी चल्न थालिहाल्छ । त्यहाँबाट एउटा ब्रह्माण्डिकी (कस्मोलोजी) को निर्माण हुन्छ र त्यसको मुटु धड्किन थाल्छ । यहाँ ब्रह्माण्डिकीको […]
मदन वि.क. बाजुरा ९ मंसिर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः बाजुरामा पनि देखिन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको सचिवालय बैठक सोमबार बस्ने भनिएको भएपनि प्रचण्ड-नेपाल समूह र ओली समूहका सचिवालय सदस्यहरु वीच आपसि समजदारी हुन् नसकेपछि सोमबारको […]
सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र […]
काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ । प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले सचिवालयमा पेश गरिएको प्रतिवेदन फिर्ता लिन भनिएपनि कार्यकर्तामा वितरण गर्न थालिएको बताए । प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामाझ वितरण […]
पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन । इलामको […]