होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् । कैलालीमा सोमबार आयोजित कार्यक्रममा थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा […]
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । […]
नमस्कार प्रधानमन्त्रीज्यू । आशा छ, आरामै हुनुहुन्छ । हामीलाई पनि सञ्चै छ । सञ्चै छ भन्दा पनि अहिलेसम्म कोरोनाको संक्रमणले भेटेको छैन भन्नपर्ला । म खास चिठ्ठी लेख्ने मान्छे त होइन । यो चिठ्ठी पढ्दै गर्दा मान्छेहरू अचम्ममा पनि पर्लान् । तर, यसमा ठूलो रहस्य केही छैन । छ त केवल, मेरो फुर्सदको समय […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । काँग्रेसका शीर्ष नेताहरु […]
नागरिक रैबार/बाजुरा २९ मंसिर। नेपाली काँग्रेसले बाजुरामा पनि केपि ओली नेतृत्वको सरकारको विरोधमा मार्तडीमा प्रदर्शन गरेको छ । वर्तमान सरकारको कार्यशैलीले बेथिति बढेको भन्दै प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकबाट सरकारको विरोध गर्दै नारा जुलससहित सडकमा उत्रेको नेपाली काँग्रेस बाजुराले विरोध प्रर्दशनको कोण सभा लोकतान्त्रिक […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरु विरोध […]
२९ मंसिर, चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरे । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए । जारी स्थायी कमिटीको […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित भएको छ । गत मङ्सिर २१ गते बसेको बैठक अध्यक्षद्वयका प्रतिवेदनहरु अध्ययन तथा नेताहरुबीच सहमति समेत जुटाउने उद्देश्यले मङ्सिर २८ गतेसम्मका लागि स्थगित भएकोमा २८ गतेको बैठक पार्टी विवादबारे प्रङ्गमै प्रवेश गर्न पाएन । २८ गतेको बैठक […]
२९ मंसिर, काठमाडौं । याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको उनका पति लक्षमण कृष्ण राजभण्डारीले जानकारी दिएका छन् । सुसन कर्माचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) […]
२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद पाउन ओलीले जबज साटेको आरोप लगाएका हुन् । ‘जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति को […]
२९ मंसिर, काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनको अध्यक्ष रहेका बेला २०७१ सालताका एउटा प्रसंगमा वर्तमान प्रधानमन्त्री केपी ओलीको उच्च प्रशंसा गरेकी थिइन् । तत्कालीन एमाले नेतृ भण्डारीले केपी ओलीको प्रशंसा गर्दै भनेकी थिइन्– ‘कमरेड ओली नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक चर्चित, अडान भएका र लोकप्रिय नेता हुनुहुन्छ । पछिल्लो कालमा […]
काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनलाई विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई […]
काठमाडौं २८ मंसिर ।कमानसिंह लामा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत मुछिएपछि यस विषयमा आजको स्थायी समिति बैठकमा समेत सामान्य छलफल भएको छ । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछ्ने प्रयास भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । ‘लामोको निधनबाट शोकाकुल र दुःखित भएको यस घडीमा लामा र […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो। नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। अर्को बैठक पुस १ गते १ बजे बस्ने छ। पूर्व राजदूत […]
काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक मनाएर स्थगित गरिने भएको छ। बैठकमा नियमित एजेण्डामा छलफल भने अनिश्चित रहेको एक नेताले बताए । यसअघि २१ मंसिरको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराही बसे पनि आइतबारको स्थायी कमिटी बैठक बालुवाटारमा बोलाइएको […]
काठमाडौं २८ मंसिर। संघीय संसदको हिउँदे अधिवेशनमा एक तिहाइ सांसदको उपस्थितिमा बैठक चलाउने विषया छलफल सुरु भएाके छ । संघीय संसद सचिवालयले कोरोना भाइरस महामारीको समयमा सतर्कता अपनाउन एक तिहाइ सांसदको उपस्थितिमा हिउँदे अधिवेशन चलाउने प्रस्ताव दलहरुसमक्ष राखेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यो विषयमा अनौपचारिक छलफल भएको बताए । ‘तर, टुंगो लागेको […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने ओली निकट नेताहरुले बताएका छन् । गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन ओली भौतिक रुपमा अनुपस्थित भएका थिए । स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओली आजको […]
प्रहरीको फरार सूचीमा रहेका हरि आचार्य र योगेन्द्र रावल १५ मंसिरमा एकाएक काठमाडौं जिल्ला अदालतमा हाजिर भए । सोही दिन थुनछेक बहसपछि दुवै जना जनही ५५ हजार रूपैयाँ धरौटी बुझाएर छुटे । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको नेपाल विद्यार्थी संघका नेताद्वय आचार्य र रावललाई आफ्नै गुरुको ज्यान मार्ने कसुरको अभियोग छ । समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर […]
काठमाडौँ— कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठकमा सहभागी हुन दबाब बढेको छ । विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको आरोप लगाएका छन् […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक डाकेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको जानकारी आएको प्रमुख विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुनेछ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने […]