होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ […]
काठमाण्डाैँ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदिएपछि नयाँ सत्ता समीकरणको बहस प्रारम्भ भएको छ। संसद विघटन गरेका प्रधानमन्त्री ओली सत्ताच्यूत हुने लगभग निश्चित भएको अवस्थामा बन्ने सत्ता समीकरण कस्तो होला ? यसबारे राजनीतिक दलहरुदेखि सर्वसाधारणसम्म बहस सुरु भएको छ। अब बन्ने सरकार आगामी स्थानीय तह, […]
काठमाण्डाैँ १३ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन आदेश दिएपछि संसद् सचिवालय बैठक सञ्चालनको तयारीमा जुटेको छ । मंगलबार अदालतको फैसला आएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालनको तयारीलाई लिएर सचिवालयसँग ब्रिफिङ लिएका छन् । बुधबार महासचिव भरत गौतमले कर्मचारीहरूसँग सदन सञ्चालनको आवश्यक तयारीबारे छलफल गरेका छन् । […]
काठमाडौँ- बहुचर्चित तथा आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्म सूचीकृत बेरोजगारको संख्या ७ लाख ४३ हजार १४० छ । यो संख्या ७ लाख ७ हजार ६ घरधुरीबाट सूचीकृत भएको हो । गत आर्थिक वर्षमा २०७६/७७ मा २ लाख २१ हजार ८०६ धरधुरीबाट ३ लाख ७० हजार ७३४ जना सूचीकृत थिए । सूचीकृतमध्ये १ […]
नागरिक रैबार फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा– प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजक लक्ष्मिराज पाध्याय चयन भएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिले लक्ष्मिराज पाध्यायको संयोजक रहने गरि ९ जनाको जिल्ला कार्य समिति गठन गरेको शुुदुरपश्चिम संयोजक नबराज भण्डारीले बताएका छन् । पाध्याय बडीमालिका खबरका अनलाइन सम्पादक र एभिन्युु टिभिमा […]
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
कञ्चनपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए राजनीतिको फोहोरी खेल सुरु हुने बताएका छन् । संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचमा लाग्ने उनको भनाइ थियो । ‘संसद् पुनःस्थापना हुने हो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्छ, पार्टी पनि खोज्नुपर्छ,’ सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, […]
१० फागुन, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकसँग परामर्श लिएका छन् । उनले नयाँ दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनले आफ्नो समस्याका बारेमा चिकित्सकसँग परामर्श लिएका हुन् । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार […]
१० फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । थुनामा राख्दा बाध्यात्मक रुपमा […]
नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) को टुंगो लगाएको छ । बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको नेकपाले जनाएको छ । त्यस्तै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज पनि छान्न बाँकी रहेको छ । तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा […]
कञ्चनपुरः प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले केहीबेर अघि औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले प्रतिगमनका जडसुत्र नै नेपालका कम्युनिस्ट भएको आरोप लगाएकि छन् । आइतबार नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर संग्रौलाले यस्तो बताएकी हुन । डा.संग्राैलाले अहिलेको वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्टहरुकै कारण उत्पन्न भएको बताइन । केन्द्रीय सदस्य डाक्टर संग्रौलाले भनिन् […]
१० फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी […]
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ । प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए । उनका अनुसार मोर्चाको अगुवाईमा काठमाडौंको माइतीघरमा दिउँसो १ बजे भेला भएर बानेश्वर पुगेर विरोध सभा गर्ने […]
१० फागुन, काठमाडौं । नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग […]
काभ्रे- काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका […]
दाङ – दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गर्नुभएको थियो । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट सर्वोच्च अदालतलाई दिएको धम्की भत्र्सनायोग्य छ। सर्वाेच्चबाट प्रतिनिधिसभा विघटनको पक्षमा फैसला नआए आन्दोलन गर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अदालतलाई दिएको प्रत्यक्ष धम्की हो। एकातिर अदालतले आफ्नो पक्षमा फैसला गर्ने र मुलुक निर्वाचनतिर गइसकेको बताएर प्रधानमन्त्री ओलीले सर्वाेच्चलाई दबाब दिए भने अर्काेतिर आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने धम्की पनि […]
काठमाडौँ, १० फाल्गुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी एकताको नयाँ आधार तय गरेका छन्। पूर्वएमाले र पूर्वमाओवादी समूहबीच एकता हुँदा ६०/४० प्रतिशतको आधार तय गरिएकोमा दाहाल–नेपाल समूहले ५०/५० प्रतिशतको आधार तय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूहले बराबरी शक्ति बाँफाँडको आधारमा […]
९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि […]