होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक आइतबार बस्दैछ । आइतबार संसद अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद गठनसम्बन्धी राष्ट्रपति […]
२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, ज्ञवालीले भने । आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा […]
काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एककीकरण अघिको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो । सर्वोच्च अदालतले […]
काठमाडौं । आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिन । तर उनका लागि जन्मदिन सुखद् रहन सकेन । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेसँगै माधवकुमार नेपाललाई धक्का लागेको हो । उनी पछिल्लो समय प्रचण्डसँग सहकार्य […]
सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । निर्वाचन आयोगले आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र […]
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार […]
काठमाडौं । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने /नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे । सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, “सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनपछि […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्षले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने जनाएको थियो । आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड-माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा ११५ सांसद उपस्थिति रहेको उनीहरूको दाबी छ । दल नेता परिवर्तनको त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव […]
२३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ । प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो । उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, […]
२३ फागुन, काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभामा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली र प्रचण्ड–माधव समूहको रणनीति नियाल्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरी १३ दिनभित्र अधिवेशन बोलाउन सर्वोच्च अदालतले दिएको परमादेश अनुसार आइतबार दिउँसो ४ बजे पहिलो बैठक बस्दै छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताए । पुनःस्थापित संसद बैठक बस्नुअघि […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीकाे रेसमा नरहेको बताएका छन् । काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमाेचन समारोहमा उनले भने, ” म प्रधानमन्त्रीकाे रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हाे । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना […]
काठमाडौं, २२ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षको संसदीय दलको बैठक शनिबार बस्दैछ ।प्रतिनिधि सभा पुनस्र्थापना पछि आइतबार बस्न लागेको पहिलो बैठकको तयारीको विषयमा बैठकमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका हुन् । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बोलाइएको छ । बैठकले आइतबारबाट सुरु हुने प्रतिनिधिसभाको […]
काठमाडौँ — चौतर्फी आलोचना र दबाबमा परेको निर्वाचन आयोगले नेकपाको विवादलाई कानुनी प्रक्रियाबाट टुंग्याउने तयारी गरेको छ । नेकपाको (दाहाल–नेपाल) पक्षले दलको आधिकारिकता मागदाबी गर्दै शुक्रबार दोस्रो पटक निर्वाचन आयोगमा मुद्दाकै रूपमा अर्को निवेदन पेस गरेपछि आयोग थप दबाबमा परेको छ । आयोग उच्च स्रोतले नेकपा विवादलाई अब पनि यथास्थितिमा राखेर जान नसकिने बताएको छ । प्रधानमन्त्री केपी […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए । आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता […]
२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए । अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको […]