होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए । ‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद् अवरुद्ध भयो र त्यहाँ प्रमले राजीनामा गर्नुपर्छ भन्ने […]
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् ।कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन्। प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताए । उनले भने, “प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ । त्यस्तो प्रधानमन्त्रीको राजीनामा माग गरेर […]
काठमाडौँ । संसदीय समितिको नेतृत्व असार महिनाभित्र चयन हुने भएको छ । मंगलबार सभामुख देवराज घिमिरेको पहलमा बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतृत्वको बैठकमा असार मसान्तसम्म समितिको नेतृत्व चयन गर्ने सहमति भएको हो । दलहरूबीच भागबण्डा नमिल्दा वैशाख १५ मा समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन । दलहरूले समितिको सभापति चयन नगर्दा विषयगत समितिका […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक […]
काठमाडौँ । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार बसेको बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् । गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभाको […]
काठमाडौँ । नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने भएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘संसद्ले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भास्य स्थापित गरेर नेपालको […]
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । सचेतक बर्ताैलाले भने–‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमालाई ठुलो आघात पुर्याएको छ । सार्वभौम देशको प्रधानमन्त्रीको अभिव्यक्तिले हाम्रो शीर निहुर्याएको छ, आजको बैठकमा यसबारेमा छलफल गर्छौ […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । ‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्, पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने […]
काठमाडौँ । निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचन ऐनसम्बन्धी कानुनको मस्यौदामाथि दलित आन्दोलनका नेताहरूको ध्यानाकर्षण भएको छ ।विभिन्न राजनीतिक दलमा आबद्ध दलित संघ संगठनका प्रतिनिधि, संघीय सांसद, संविधान सभाका सदस्य र दलित आन्दोलनका १८ जना प्रतिनिधिमण्डल टोलीले आयोगको ध्यानाकर्षण गरेका हुन् । राजनीतिक दलले उम्मेदवार दिँदा संघ र प्रदेशमा दलित समुदायको जनसंख्याको आधारमा निश्चित प्रतिशत नै तोकेर […]
१९ असार, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसँग सोमबार साँझ कोशी प्रदेशको सरकार निर्माणमा सहकार्यको प्रस्ताव गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुबीच कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने सहमति जुटेपछि देउवाले लिङ्देनसँग सम्वाद गरेका हुन् । तर लिङ्देनले ठोस् जवाफ दिएनन् । कोशी […]
१९ असार, काठमाडौं । प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।बुधबार सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । छलफलमा सभामुख घिमिरेले […]
बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराले आगामी चैत्र भित्र पार्टीको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । असार १२ गते मार्तडीमा बसेको बैठकले २०८० चैत्र भित्र पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको कार्यालय सचिव काशी विकले बताएका छन् । नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशन २०७८ पौषमा भएको थियो । पार्टी केन्द्रीय कमिटीको […]
काठमाडौँ । सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् । सभामुख […]
काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुनेछ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि […]
विराटनगर । कोशी प्रदेश प्रमुखले असार २१ गते बेलुका ५ बजेसम्मका लागि नयाँ सरकार गठनको आव्हान गरेका छन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले अर्को सरकार गठनको आव्हान गरेका हुन् । विपक्षी गठबन्धन भने अझै मुख्यमन्त्री कुन पार्टीको बनाउने भन्ने विषयमा सहमत हुन सकेका छैनन् । गठबन्धन दलमा काँग्रेस, […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बर अर्थात भदौ महिनामा छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले आगामी सेप्टेम्बरमा चीन भ्रमण गर्ने खुलासा गरेका हुन् ।सोमबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । मन्त्री साउदले चीन र […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टीहरूले पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताएका छन् । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको बताउँदै अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो […]
काठमाडौँ । कोशी प्रदेश सरकार निर्माणका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनको निर्णयको पर्खाइमा रहेको छ । मधेस प्रदेशमा नेकपा एमालेले जसपालाई सघाएको कारण कोशी प्रदेशमा जसपाबाट एमालेले सहयोगको अपेक्षा गरेको छ । तर कोशी प्रदेशको हकमा कसैलाई सहयोगको वचन नदिई जसपा तटस्थ बसेको छ । आइतबार मात्र एमालेका सचिव एवं […]
मकवानपुर । बागमती प्रदेशमा प्रदेश सभा बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । बजेटमा असन्तुष्टि जनाउँदै आएको प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको मागलाई बजेटमा सम्बोधन गर्ने सत्तारुढ दलले प्रतिबद्धता जनाएसँगै बैठक आजदेखि सुचारु हुने भएको हो । बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन […]