होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० […]
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई भने – ‘आज आइतबार साझ ५ बजे स्थायी समिति बैठक बस्ने खबर सबै सदस्यहरुलाई जानकारी दिनू ।’ अध्यक्ष ओलीको निर्देशनअनुसार तामाङले आइतबार दिउँसो १२ बजे नै स्थायी समितिका सदस्यहरुलाई ५ बजे बैठक बस्ने तय भएको जानकारी गराए ।तामाङले सदस्यहरुलाई यस्तो खबर […]
लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । अब प्रदेशतर्फ ३ र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छ । सोमबार १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् । यस्तै प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान […]
काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् ।समयले नयाँ ध्रुवीकरण खोजेकोभन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् ।जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ-आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेका हुन् । अहिलेको […]
काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना नगर्दा एमाले […]
पोखरा– गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतबार शुरु भएको छ । प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो दिन सबै दलका संसदीय दलका नेताहरुले सम्बोधन गरेका छन् ।अधिवेशनको पहिलो बैठकमा आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली (पोखरेल), माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सम्बोधन गरेकी थिइन् । […]
कामचलाउ सरकारको कामचलाउ अर्थमन्त्रीले पूर्ण आकारको बजेट ल्याउनु गैरजिम्मेवार काम हो । यो आर्थिक वर्ष सकिन अझै डेढ महिना बाँकी छ ।यो बिचमा संसद पुनस्थापना भएर नयाँ सरकार बन्ने परिस्थिति बन्यो भने यो एउटा कागजको खोस्टो मात्रै हुन्छ । त्यस्तो परिस्थितिमा यो अध्यादेश खारेज हुन्छ । यसको कुनै वैधानिक हैसियत रहँदैन ।अर्को कुरा नयाँ आउने […]
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी ६ जना मन्त्रीले अझै स्पष्टीकरण बुझाएका छैनन् ।पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो ।शुक्रबार मन्त्री भएका ६ जनालाई नै स्पष्टीकरण पेश गर्न भनिएकोमा कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । एमाले सुदूरपश्चिम प्रदेश […]
नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्।आज बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्। तर उनले आफ्नो प्राथमिकतामा अहिले निर्वाचन नभएको बताए।‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले फेसवुकमार्फत् भनेका छन्, […]
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु गरेका हुन् । पहिलो मतदान उनले नै गरेका थिए । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्राे राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताउनुभयो । उहाँले नेता माधवकुमार नेपालप्रति इङ्गित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव […]
काठमाडौं । नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ । तयारी नपुगेको भन्दै बैठक सारिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी दिए । बैठकमा खासगरी गत साता गते स्पष्टीकरण सोधेका १२ […]
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। ओलीले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ। यसअघिको बैठकले माधवकुमार […]
आहुती । विचार । काठमाडौँ — पैसट्ठी वर्षअघि विक्रम संवत् २०१३ सालमा एक वर्षको समसुर मिया नामको बालकलाई आफन्त पर्ने श्रमिक महिलाले आजको पूर्वपश्चिम राजमार्गनजिकैको गाउँमा ल्याएर आफूसँगै राखिन् । समसुर मिया दस वर्षको हुँदा आफन्त महिलाको मृत्यु भयो । त्यसपछि समसुर त्यही घरमा बाल श्रमिकका रूपमा हुर्कियो जहाँ आफन्त महिलाले ल्याएकी थिइन् । त्यो परिवार हिन्दु ब्राह्मण […]
सत्तारुढ दल नेकपा एमाले औपचारिक बिभाजन हुने लगभग तयारि पुरा भैसकेको छ । करिव बहुमत नजिक भएको एमाले माओबादीसँग पार्टी एकता गरेर करिव दुई तिहाइ जनमत पाएको नेकपा बनेको थियो । रातारात एमालेसँग माओवादीको गठबन्धन बनाएर निर्वाचनमा होमिएको संयुक्त गठबन्धन पार्टी एकतामा प्रवेश गर्दै अन्ततः अदालतको आदेशले विभाजन गरेको थियो । अदालतको आदेशले नेकपा विभाजन […]
सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् । सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने निजी क्षेत्रले […]
निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका सबैलाई खुसी बनाउने प्रयास […]
सरकारले दुईवटा महत्त्वपूर्ण र विवादित कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य जारी गर्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम र गरिबी निवारण कोष खारेज गरिएको बताए । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमलाई सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नका लागि प्रदान गरिने कोषका रूपमा रकम प्रदान गर्दथ्यो […]
शनिवार सार्वजनिक गरिएको आव २०७७–०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ l यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार […]
सामाजिक संजालमार्फत नायिका प्रियंका कार्कीले नेपाल सरकारसँग आग्रह गर्दै पहिले जनताको समस्या वुझ्न आग्रह गरेकी छिन् । उनले, यो समय चुनावको नभएर जनताको स्वास्थ्यमा ख्याल राख्ने रहेको उल्लेख गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्–‘आखा खोलेर एक पटक नियालेर देशको स्थिती हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो अहिले प्राथमिकतामा पर्दैन । […]