होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उनलाई अदालतले साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएसँगै धराैटीमा रिहा गर्न आदेश भएको सूचना अधिकारी अमृत […]
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने […]
नागरिक रैबार/बाजुरा २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार लक्ष्मीराज पाध्याय र कमला चंदारालाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानीत भएका […]
नागरिक रैबार/बाजुरा २१ माघ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन भोलि माघ २२ गते हुने भएकाे छ । बाजुरा शाखाले संगठनकाे स्थापना दिवसकाे अवसर पारी स्थापना दिवसकै दिन माघ २२ गते नै छैटाै जिल्ला अधिबेशन गर्ने भएकाे हाे । बाजुरा शाखाकाे आज बिहान सम्पन्न बैठकले माघ २२ गते […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत १ करोड रुपैयाँ धरौटी बुझाएका हुन्।
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ कराेड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यस्तो आदेश गरेको हो । प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला […]
बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । […]
नागरिक रैबार/बाजुरा १० माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीबाट निस्कासित भिमरावलका पछाडि नलाग्न एमालेका नेता कार्यक्रतालाई निर्देशन दिएका छन् । विहिबार नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्वोधन गर्दै नेता थापाले एमालेका नेता, कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् । नेता थापाले भिम रावललाई पार्टीमै बस्न पटकपटक आग्रह गरेको भएपनि […]
काठमाडौं । नेकपा एमाले अछामले बुधबार पार्टीभित्र अनुशासन उल्लंघन गरेको आरोपमा ६ जना सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको हो । जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहसहित सागर सिंह बाब्ली, बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पनि रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । सहकारी रकम अपचलन मुद्दा परेका लामिछाने हिजो आफै जिल्ला अदातल उपस्तित भएका थिए। आज बिहान १० बजे उपस्थित हुनेगरी हिजो आफन्तको जिम्मा लगाइएका रवि आजबाट हुने थुनछेक बहसका लागि अदालत उपस्थित हुन लागेका हुन् । हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश […]
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेलाई जमानीमा छाड्न बुधवार आदेश दिएको छ। “पूर्वमन्त्री तथा प्रतिवादी रवि लामिछानेको बयान कार्य आज सकिएको छ। थुनछेक आदेश दिन नभ्याइएकाले उहाँलाई भोलि १० बजे अदालतमा उपस्थित गराउने गरी उहाँका कानुन व्यवसायी र उहाँकी […]
काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ । पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ । सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा नेटवर्क मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि […]
काठमाडौं –नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ। आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ। यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका […]
भीम रावलको मातृभूमी जागरण अभियानलाई समर्थन गर्दै ५९ जनाले एमाले छाडेका छन्। सोमबार विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्। […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका छन् । माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभीष्ट भएको बताए […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल चार अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक […]
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस हुन नसकेपछि रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेको बयान लिइएको थियो । बयानपछि थुनछेक बहस हुन नसकेपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेश गर्नेगरी उनलाई प्रहरी हिरासतमा पठाउने […]
विराटनगर– कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । ‘आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैटौँ हिउँदे […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको […]