होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाण्डाै — दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो। ‘चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासि ढल्नुभएछ, त्यसको १० मिनेटमै मृत्यु भएको […]
जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा […]
जेठ २०७७, शनिबार ENGLISH होमपेज / समाचार / प्रमुख समाचार नेकपा सचिवालय बैठकमा ज्ञवाली, खतिवडा र रावल पनि सहभागी अनलाइनखबर २०७७ जेठ १७ गते ११:१२ मा प्रकाशित 1प्रतिक्रिया 0 SHARES FacebookTwitterViberMessenger १७ जेठ, काठमाडौं । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागीता रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी रहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा सचिवाल सदस्य नरहेका भीम रावलसहित खतिवडा र ज्ञवालीसमेत आमन्त्रित […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १७ जेेठ । बडिमालिका नगरपालिका १ मा भिरबाट लडेर १३ बर्षिया बालिकाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका १ को जाल्पादेबी माबि कक्षा ८ मा अध्यानरत १३ बर्षिया बालिका बालिकाको भिरभाट लडेर मृत्यु भएको हो । हिजो घाँस काट्नको लागी गाउ नजिकैको सातुगाड जंगलमा गएको समयमा भिरमाबाट लडेर मृत्यु भएको बडिमालिका […]
नागरिक रैबार बाजुरा १६ जेठ । बाजुरा वडीमालिका नगरपालिका ९ की एक गर्भवती दलित महिला एकतिर प्रसव पीडामा छन् भने अर्कोतिर उनले आर्थिक सहयोगका लागि स्थानीय सरकारलाई दिएको निवेदनमा सहयोग हुन नसक्ने गरि तोक लगाएको थाहापाएपछि झन हैरान भएकिछन् । हिजो विहीवार जिल्ला अस्पतालमा चेकजाँचका लागि ल्याएकी जगत शार्कीकी २२ वर्षीया श्रीमति पवित्रा सार्कीलार्ई जिल्ला […]
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटको तुलनामा दोब्बरभन्दा बढी बनाउँदै ११ अर्ब ६० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् । सो कार्यक्रमलाई […]
जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको […]
रुकुम १५ जेठ । रुकुम घटनामा मारिएका नवराज विकसहित चारैजनाको आज अन्त्यष्टि गर्न लागेको पीडित परिवारले जानकारी दिएको छ । प्रेमिका लिन चौरजहारी नगरपालिका–८ सोती गाउँ जाँदा मारिएका नवराज र गणेश बुढाको भेरी नगरपालिका–१मा रहेको शिवालय घाटमा दाहसंस्कारको तयारी भएको मृतककी आमा उर्मिला विकले बताइन् । “पोस्टमार्टमको रिपोर्ट आएको छैन । पोस्टमार्टम गरेपछि शव लैजाओ […]
काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
काठमाडौँ — कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । बिहीबार आर्थिक वर्ष २०७७/८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट प्रस्तुत गरेका छन् । उनले यो वर्ष स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिने बताएका छन् । […]
दयाराम पण्डित बाजुरा १४ जेठ । पश्चिम रुकुमका नवराज बिक लगायत तीन जनाको बीभत्स हत्यासहित दर्जनौं बेपत्ता पारेको र बाजुरा जिल्लाकै युवा विद्यार्थी कमल उखेडाको हत्याको छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै नेबिसंघ बाजुराले बुधबार दिउँसो सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । एक साता अगाडी सदरमुकाम मार्तडीमा भएको उखेडाको घटना र पश्चिम रुकुममा जाती […]
जाजरकाेट १४ जेठ । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]
बर्दिया — गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका-९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिए । अछाममा मजदुरी गरी फर्केका १६ जनामध्ये ती पुरुष बबई क्याम्पसको क्वारेन्टाइनमा थिए । मंगलबार राति ८ बजे उनको मृत्यु भएपछि बबई क्याम्पस सिल गरिएको […]
१२ जेठ, बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
धनगढी : कोरोना संक्रमितको सङख्या बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको छ। मन्त्रालयले शनिबार साझ ५ बजे जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको हो। मन्त्रालयले संक्रमितको संख्या गलत दिएपछि सुदूरपश्चिममा त्रास समेत फैलिएको छ। मन्त्रालयले जारी गरेको शनिबारको रिपोर्टमा सुदूरपश्चिममा १४ जना कोरोना संक्रमित रहेको जनाएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना […]
काठमाडौं : थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। डा. […]
९ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो । शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश […]
नागरिक रैबार । जेठ ८ काठमाण्डाैँ । भत्ता रोकिँदा करिब साढे ३ लाख एकल महिला र करिब ८० हजार ‘ख’ वर्गका अपांगता भएका व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् । एकल महिला र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरु तेस्रो चौमासिकदेखि सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएपछि सरकारले ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । ऐन संशोधनको […]