होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले वुधवार भएको प्रदेश सभा बैठकमा अवरोध गरेका थिए। उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका […]
रामबहादुर विक/ बाजुरा ९ असार । बाजुरामा हालसम्म ६ हजार ८ सय २१ जनाको आरडिटी विधिाट कोरोना परिक्षण गरिएको छ । जिल्लामा ९ ओटै स्थानीय तहका जम्मा ६ हजार ८ सय २१ जनाको आरडिटी परिक्षण गरिएको हो । आरडिटी परिक्षणमा हाल सम्म १ हजार १ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले […]
९ असार, काठमाडौं । पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ । अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्याली भएको हो । संयुक्त […]
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए […]
बाजुरामा मंगलवार २१ जनाकाे पुष्टि सँगै ९३ जना काेराेना संक्रमित भएका पुगेका छन् । २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने एकजना कालिकाेट अस्पतालमा उपचार गराइरहेका काेराेना जितेर घर गइसकेका छन् । एकजना भने धनगढीमा उपचार गराइरहेका छन्, अरु सबै बाजुराका स्थानिय क्वारेनटाइनमा रहेका छन् । बाजुरामा मंगलवार राष्ट्रिय प्रयाेगशाला आएकाे रिपाेटमा २० जना त्रिवेणि […]
धनगढी : सुदूरपश्चिममा थप एक सय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, […]
९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दैछ । यी दुई टिमबीचको खेल राति पौने २ बजे हुनेछ । बिल्बाओकाे घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अनुमान छ । बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिन्ने खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ । अङ्क तालिकामा समान अङ्क […]
धनगढी : सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। […]
बाजुरा ९ असार– बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई ओटा बाघको छाला सहित तीन जनालाई पक्राउ परेका छन् । त्रिबेणी नगरपालिका वडा नम्बर ५, ६ र ७ का तीन जना बन्यजन्तु तस्कर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको […]
कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन्। कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो। आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ। आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ। यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज […]
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध […]
तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् । गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी […]
८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ […]
८ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा […]
धनगढी : स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक पारित सुदूरपश्चिम प्रदेश सभाबाट आज पारित भएको छ। सर्वोच्च अदालतले यसअघि प्रदेश सरकारले बनाएको कानून अनुसार स्थानीय तहका जनप्रतिनिधिलाई सेवासुविधा दिनु संविधान विपरीत हुने फैसला सुनाएपछि सुदूरपश्चिम सरकारले फेरी संशोधन विद्येयक दर्ता गराएकोमा आज पारित भएको हो। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक […]
बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एक चर्च बनाउने काममा बालबालिकाको प्रयोग भएको पाइको छ । सदरमुकाम मार्तडीको खेलकुद मैदानको नजिकै नया निर्माण हुन लागेको चर्चमा बिहान देखी मध्यान्ह सम्म बालकालिकाहरु निकै दुखका साथ बालुवा र गिट्टी बोकीरहेको पाइएकाे हाे । सरकारले बालबालिकाको श्रम हुने गरी कुनै पनि बालबालिकाहरुलाइ श्रममा काम नगर्न भनेको भए पनी सदरमुकामै […]
काठमाडौँ — घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन थाल्यो । बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टाइनमा रहेका अन्य ५३ जनाको उपचार गर्ने जिम्मेवारी छ । ‘बच्चाको […]