होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडाैं, ८ भदाै । आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ । […]
नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड– १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड– १९ को संक्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । महामारीको संक्रमणबाट जोगिन आफ्नो स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा ८ भदौ। नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव पत्रकार शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । बुढीगंगा नगरपालिका-१० निवासी पत्रकार सार्कीकी पत्नी पुनीदेवी सार्कीको सोमबार बिहान ३५ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा असामयिक निधन भएको हो । शार्कीका चार छोरी र एक छोरा […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नेपाली सेनामा समेत कोरोना देखिएको छ। डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको हनुमान ध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना देखिएको हो। २० वर्षीय उनलाई कोरोना पुष्टि भएपछि ब्यारेक भित्रै छुट्टै आईसोलेसनमा राखिएको छ। तर उनको ट्राभल हिस्ट्री भने छैन्। हनुमान ध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा […]
८ भदौ, काठमाडौं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ । […]
गलकोट । बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययनअध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेटलगायत आवश्यक उपकरण प्रदान […]
धनगढी : चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टसहित स्वकिय सचिवालय र कार्यालयका अधिकासं कर्मचारी सेल्फ क्वारेन्टिनमा बसेपछि कार्यालय आशिंक रुपमा बन्द भएको हो। मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले कार्यालय आशिंक रुपमा बन्द भएको हो। उनले मुख्यमन्त्री भट्टसंगै प्रमुख सचिव लगायतका कर्मचारी क्वारेन्टिनमा बसेको […]
८ भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आफूहरुको निर्देशन नमानेर जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आक्रोश पोखेको छ । मन्त्रालयलाई गत वैशाखमा नै कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन सेन्टर र प्रयोगशाला थप गर्न निर्देशन दिए पनि अहिलेसम्म पालना नगरेको भन्दै आक्रोश पोखेको हो वैशाखपछि पनि समितिले कोरोना […]
सल्यान । जिल्लाको वागचौर नगरपालिका १२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका छन् […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये महानगरपालिकामा मात्रै १६ सय ६ जना संक्रमित भएका छन् । महानगरका ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा […]
रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ। रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ। बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए। “खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको […]
८ भदौ, काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय […]
२ सय १३ मुलुक र यसका अधीनस्थ क्षेत्रलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणले गाँजेको छ। सबैजसो मुलुक नै कोरोनाबाट मुक्ति पाउन संघर्षरत छन्। आधा विश्व घरभित्रै सीमित छ भने बाँकी ठाउँमा पनि अवस्था सामान्य छैन। annapurna post विश्वमा आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या २ करोड ३४ लाख १० हजार ९ सय ८८ पुगेको छ। ८ लाख […]
भारतको औषधी निर्माता कम्पनी सीरम इन्सिटीट्यूट अफ इन्डियाले ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराइने मिडिया रिपोर्ट झुटो भएको बताएको छ । एसआईआईले एक वक्तव्य जारी गर्दै मिडियामा ७३ दिनभित्र कोभिड–१९ विरुद्धको खोप आउने भनेर प्रकाशित समाचार फर्जी भएको बताउँदै यस्ता रिपोर्टको कुनै अर्थ नरहेको बताएको हो । वक्तव्यमा एसआईआईले भनेको छ, ‘हामीलाई सरकारले खोप उत्पादनको […]
८ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ । स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका थिए । त्यही तस्वीरलाई लिएर […]
धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १४ की २७ वर्षीय महिला कोरोना महामारीपछि सेती अस्पतालमा काम गर्न थालेकी हुन्। अस्पतालले आईसोलेसन वार्डमा ८ जना सरसफाई कर्मचारी भर्ना गर्दा उनले पनि गत बैशाखमा जागिर पाईन्। ‘७ वर्षीय छोरीलाई घरमै छोडेर उनको पालन पोषणका लागि खर्चको जोहो गर्न महामारीका बेला सरसफाईको काम गर्नु रहर नभएर बाध्यता थियो।’ उनले भनिन्, […]
स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो । हवाई उद्धार कार्यक्रम सञ्चालन भएका ३० जिल्लामा पूर्णरूपमा र चार जिल्लामा आंशिकरूपमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन […]
काठमाडौँ — मुलुक कोरोना महामारी र बाढीपहिरोको दोहोरो संकटबाट गुज्रिरहेका बेला आन्तरिक कलहको चुलीमा पुगेका नेकपा नेताहरू अन्ततोगत्वा ९ महिनाअघिको तामेली सहमति कार्यान्वयन गर्न लगभग सहमत भएका छन् । तर सत्ताधारी राजनीतिक दलले यत्रो ९ महिनाको दहलफसल केका लागि गर्यो र केले नेताहरूलाई मिलायो भन्ने सवालको जवाफ समस्या समाधानका लागि तयार पारेको कार्यदलको प्रतिवेदनले समेत दिन […]
काठमाडौं – अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागु भएको नियमअनुसार उत्पादन भएको २० […]
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताए । […]