होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, असोज १० । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्षमा फेरि पनि केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । पार्टीभित्र ओलीको नेतृत्वलाई चुनौती दिने पनि कोही नदेखिएको उनको दाबी छ । एमाले सुदूरपश्चिम अध्यक्षसमेत रहेका नेता थापाले भने, “पार्टी एकताका कारण हाम्रो महाधिवेशन निकै पछाडि धकेलियो । संवैधानिक व्यवस्था अनुसार मंसिरमा गर्नैपर्छ । […]
धनगढी: धनगढीको नवजीवन अस्पतालमा तनाव सिर्जना भएको छ।अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको हो। डोटीको शिखर नगरपालिका -६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्। कल्पनाले जन्म […]
१० असोज, काठमाडौं । जर्मनीमा आज आम निर्वाचन हुँदै छ । जर्मन चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो सत्ता सन्चालनपछि नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमा एङ्गेला मर्केलको समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । जर्मनीका ६ करोड […]
काठमाडौँ — चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनी ७५ वर्षकी थिइन् । भारतमा मात्रै नभएर नेपालसहित दक्षिण एसियाभर उनी महिला आन्दोलनकी प्रतीक थिइन् । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छन् । ‘हाम्री साथी कमला भासिनको आज (शनिबार) बिहान ३ बजे निधन भएको छ,’ श्रीवास्तवले लेखेकी छन्, ‘उनको निधनले भारत र दक्षिण एसियाको […]
मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षा हुने स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल देशमा भारतको मध्य […]
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। प्रदेश २ बाहेक केन्द्रदेखि ६ वटै प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बन्यो। अझ उपेन्द्र यादव नेतृत्वको पार्टीलाई समेत सरकारमा सहभागी […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन सूरु भएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि नेपाली काँग्रेसका युवा नेता खडक बडुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह नेताहरुले केन्द्रीय […]
९ असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् । बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो । शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा […]
धनगढीः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हेलिकप्टर चढेर विद्यालय उद्घाटन गर्न डोल्पा पुगेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिका– ६ स्थित एक आवासीय विद्यालय उद्घाटन गर्न हेलिकप्टर चढेर गएका हुन्। कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेपछि पहिलोपटक गएका मुख्यमन्त्री शाहीलाई पालिकाले चालिस किलोको माला लगाइदिएको छ। विकास निर्माणमा पछि परेको, सडक […]
डोटीः डोटीको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन्। गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो। उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो। युनिसेफको रु ३६ लाख ३२ हजार ६४३.२०, जोरायल […]
शनिबार देशभर ९ सय ५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार ५७९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७९० र एन्टिजेन विधिबाट १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १९ हजार ७ सय सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १८ हजार ३४० जना होमआइसोलेसनमा, १ हजार ३६० जना संस्थागत […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकामा अनेमसंघ (क्रान्तिकारी) को नगर कमिटी गठन गरिएको छ । शनिबार अनेमसंघ (क्रान्तिकारी) बडीमालिका पालिका स्तरीय भेलाले सीमा विककोे अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भेलाले उक्त कमिटिको उपाध्यक्षमा फुगि रोकाया, सचिब दुर्गा बिक, सहसचिब पुना बुढा (साउद) कोषाध्यक्ष अमृता उखेडा लगायत ३५ जनाको नगर कमिटी गठन […]
हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ । अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेशनल लाईफ इन्सोरेन्स कम्पनि लिमिटेडको दशैं उत्सव प्रोत्साहन तथा जीवन विमा सम्बन्धि अभिकर्तासंग मार्तडीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपालकै पहिलो र अग्रणी जीवन विमा कम्पनिको रुपमा परिचित रहेको उक्त जीवन विमा कम्पनि बाजुराले शनिबार मार्तडीमा अभिकर्ताहरुलाई दशैँ उत्सव प्रोत्साहन तथा जीवन विमा सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । बाजुरा […]
नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट चुनाव लड्ने घोषणा गरेकी छन् । पाटीको केन्द्रीय सचिव भएको भोलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयोजक कमिटीले काठमाडौको थापागाउँमा गरेको कार्यक्रमलाई सम्वोधन गदै उनले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने र त्यहीँबाट चुनाव लड्ने घोषणा गरेकी हुन् । लामो समयदेखि […]
वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् । लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट राजनीति गर्ने भएकी हुन् ।नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । लीमा […]
मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ । प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार ९५६, पाक्षिक ४७६, मासिक दुई हजार ३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए । काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि […]