होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । ‘राष्ट्रपतिज्यूले मन्त्रिपरिषद् गठन […]
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ । नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन् । असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो । ८ बुँदे सहमतिअनुसार अब एकीकृत […]
सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई नगरपालिकाको प्रमुखमा नियुक्त गरिएको हो । बालिका दिवसको अवसर पारेर एक दिनका लागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी नगरप्रमुख नियुक्त गरिएको हो । नेतृतव र निर्णय परियोजना अन्तरगत नेतृतव […]
नुवाकोट । प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका-४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको […]
काठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८/७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा हुने व्यवस्था […]
काठमाडौं । सरकारले निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
धनगढीः बैतडीको डिलाशैनी गाउँपालिकामा एक पुरुषमाथि निर्घात कुटपिट भएको छ। डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय व्यापारी महाबिर धामीले निर्घात कुटपिट गरेका हुन्। रातको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पीडित रानाका छोरा महेश रानाले जानकारी दिए। रानालाई घरबाट आफ्नो पसलमा लगेर कुटपिट गरिएको उनले बताए। कुटपिटबाट रानाको टाउको, […]
नागरिक रैबार/बाजुरा २२ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको साताैँ जिल्ला अधिवेशनले निर्वाचन गरेर जिल्लाको नेतृत्व चयन गरिसकेकाे छ । जसमा पार्टी सभापतिमा रामसिंह रावल सहित जिल्ला कार्य समितिका पदाधिकारीहरु चयन भइसकेका छन् । जिल्लाको मत परिणाम सार्वजनिक भइसकेपछि अहिले काँग्रेसको महाधिवेशनका लागि गरिएको निर्वाचनको मतगणना भइरहेको छ । अधिवेशनमा जिल्लाभरका १२ सय १२ […]
धनगढी : धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। दुबै टिमले रेफ्रीको निर्णय अस्वीकार गर्दै आधा खेलमै कोर्ट छाडेपछि कारबाही गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। परिषद्का सदस्य सचिव दीपक सिंहले खेल अनुशासन नदेखाएका दुबै टिममाथि कारबाही गरिएको बताए। ‘दुबै टिमले रेफ्रीको निर्णय अस्विकार गर्दै बिचमै खेल […]
काठमाडौं : नेकपा एमाले सांसद्को नाराबाजीकाबीच संसद बैठक सुरु भएको छ। शुक्रबार दिउँसो जारी प्रतिनिधि सभा बैठकमा उनीहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइदैंन भन्दै नाराबाजी गरेका हुन्। सभामुख अग्नि सापकोटाले जनसरोकारका विषय उठाउनुपर्ने भएकाले बैठक अवरोध नगर्न अनुरोध गरेका छन्। सभामुख सापकोटाले १४ सांसदको सूची सार्वजनिक नगरेको भन्दै पटक पटक संसद अवरोध गर्दै आएको […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् । उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हुने बताएका छन् । समाजवादीबाट मन्त्रीको आकांक्षीसमेत रहेका चौधरीले सो धारणा सार्वजनिक गरेका हुन् । चौधरीले भनेका छन्– दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौण विषय बन्न जान्छ । एकीकृत समाजवादीबाट बन्ने मन्त्रीहरुको नाम […]
यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलुका साढे ७ः ०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ ।स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् । यस्तै महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन् […]
नागरिक रैबार/बाजुरा २२ असाेज। बाजुरा काँग्रेसको अन्तिम मतगणना सक्किएको छ । तीन जना सभापतिका उम्मेदवारमध्य पहिलो चरणमा ५१ प्रतिशत कुनै उम्मेदवारले ल्याउन नसके पछि दोश्रो चरणको मतदान बिहिवार १ बजे सुरु भएर राती झन्डै ८ बजेसम्म भएको थियो । राती १ बजेबाट मतगणना सुरू भएर बिहान ६ बजे सक्किएको थियो । पहिलो चरणको मतदानमा १२०५ […]
काठमाडौँ — एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) ले शुक्रबारबाट औपचारिक रूपमा केन्द्रीय सत्तारोहण गर्न लागेको छ । नेकपा एसले ६-६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो । नेकपा एस स्रोतका अनुसार पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, […]
काठमाडौँ- आफू प्रधानमन्त्री बनेको तीन महिनामा शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।कुनै अप्रत्यासित घटनाक्रम विकसित नभए गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् । बालुवाटारमा बिहीबार भएको सहमितअनुसार […]
संसद्मा रहेका चार विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्मा रहेका चार विधेयक फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद्मा सचिवालयमा चार विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी पत्र पठाएको हो। सरकारले विधेयक फिर्ता लिने जानकारी संसद्मा पठाएपछि संसद्को सम्पत्ति बनेका विधेयक संसद्को प्रक्रियाबाटै फिर्ता हुनेछन् भने […]
काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । आज […]
काठमाडौं । प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् ।नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् । नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन् ।कांग्रेस, एकीकृत समाजवादी, माओवादी […]