होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भोजपुर । देशका धेरै क्षेत्रमा परिवर्तन आए पनि भोजपुरको बालीघरे प्रथामा परिवर्तन आउन सकेको छैन। यहाँ धेरैजसो दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको दलित सञ्जाल भोजपुरले जनाएको छ । बालीघरे प्रथा भन्नाले वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई भनिन्छ । जस अन्तर्गत केही रकम लिएर गाउँभरका घरमा हुने फलाम […]
विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त […]
गलेश्वर: सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ। बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो। तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले […]
काठमाडौं, २३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टीको नियमित काममा फर्किएका छन् । उनी पार्टीको विदेश विभाग प्रमुखसमेत हुन् । उनले हिजो (सोमबार) विदेश विभागको आफ्नो अध्यक्षतामा बैठकसमेत राखेका छन् । उक्त बैठकले विदेश विभागको कार्यालय व्यवस्थित गर्ने, वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको बारेमा यथार्थ स्थितिको अवलोकन गर्ने, विभिन्न देशमा रहेका […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए । वकिल नभएकोले बार प्रवेश […]
धनगढी: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको आज हुने भनिएको बैठक अवैध रहेको बताएका छन्। रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन्। ‘अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि […]
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गृह जिल्ला पुगेर घरदैलो गर्न थालेका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनले गोरखाका सबै गाउँपालिका /नगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका हुन् । यो सुज अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म संचालन हुनेछ । तल्लो तहका जनताका गुनासा र […]
डडेल्धुरा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि डडेल्धुरा आउने भएका छन्। जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष नेपाल डडेल्धुरा आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टीका डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए। एमाले डडेल्धुरा अध्यक्ष तारा जोशी लगायतका सिंगो टिम नै एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने धेरैले अनुमान गरेका छन्।
धनगढी: धनगढीको मोहना नदी किनारमा सोमबार छठी घाट निर्माण हुँदै थिए। नदी किनारमा छठ पूजाका लागि सरसफाइको काम हुँदैछ। छठको दिन पूजा गर्नका लागि घाट निर्माण गर्न थालिएको हो। घाटमा आवश्यक पर्ने केराको बोट, रंगरोगन लगायतको काम जारी थियो। छठ पूजा सेवा समितिले धार्मिक कार्यक्रमका लागि पनि तयारी गर्दै थियो। पूजा गर्ने ठाउँमा झिलिमिली बनाउन […]
काठमाडौं, कार्तिक २३ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ। ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए। मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन्। नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ। यसअघि […]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो […]
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको […]
सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकार सञ्चालन प्रभावकारी बनाउन बनाउने विषयमा छलफल हुनसक्ने एक नेताले बताए । यस्तै अदालतमा देखिएको समस्याका विषयमा पनि नेताहरुबीच छलफल हुनसक्ने बताइएको छ । बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा र जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता […]
२२ कात्तिक, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । नेकपा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको बताएका हुन् । ‘हाम्रो प्रतिस्पर्धा अलिकति नेपाली कांग्रेससँग हुनेछ,’ उनले भने,‘अरु नेपाली कांग्रेसको आड लागेकाको दम छैन एक्लै लड्ने […]
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको […]
२१ कात्तिक, काठमाडौं । भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ […]
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न चुनावसम्मै गठबन्धन कायम रहने र चुनावी तालमेल हुने बताउँछन् । तर कांग्रेसकै कतिपय नेताहरू चुनावमा तालमेल गर्न नहुने बताउँछन् । प्रचण्डकै गृहजिल्ला चितवनमा कांग्रेस जिल्ला सभापतिले कांग्रेसकै चुनाव चिह्न रुखमा मतदान गर्ने अडान राखेका छन् । जसले गर्दा प्रचण्ड चिन्तित भएको अभिव्यक्ति आइसकेको छ । यस्तो बेला […]
नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको […]
मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसंैमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । तेह्रथुम, सङ्खुवासभालगायत […]