होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ कात्तिक, काठमाडौं । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर एक गते विशेष समारोहका बीच ई-पासपोर्टको वितरण […]
नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज ‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममर्फत पार्टी सदस्यबाट रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ । एमाले […]
काठमाडौंः नेपाल प्रहरीका तीनजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले भारतमा अवार्ड पाएका छन्। हैदराबादमा भएको इन्डियन पुलिस ट्रेनिङ (आइपीएस) मा सहभागी उनीहरुले अवार्ड पाएका हुन्। हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको ५० हप्ता लामो तालिममा इन्स्पेक्टर अनिल थापाले आउटडोरमा द बिएसएफ ट्रफि, किरण राउतले द जयपुर कप र सिमोन धितालले द जयपुर कपको उपाधि पाएका […]
धनगढीः सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्ति टँसाएका छन्। वडाअध्यक्ष पुनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका हुन्। उनको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केसीले सामाजिक सञ्जालमा वडाअध्यक्षमाथि विभिन्न टिकाटिप्पणी लेख्ने गरेका थिए। केसीले […]
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन्। २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन्। सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो। सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो।
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेललाई सर्वसाधरणले १ सय १९ रुपैयाँमा खरिद गर्नुपर्छ । आयल निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा भइरहेको बताउने […]
काठमाडौंको चौमती र दक्षिणकालीबाट प्रहरीले २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताए । यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलबाट ४५ वर्षीय राजेन्द्र श्रेष्ठ सहित १४ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त […]
काठमाडाैं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई जुवा सकिएकाले घोर जुवा नखेल्न आग्रह गरेका छन्। बारको धर्नापछि बोल्दै थापाले जबराले कुर्सी नछाेडे कार्यकालभरि नै आन्दोलन हुने चेतावनी समेत दिए। उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई बन्ध्याकरण गरेको समेत टिप्पणी गरेका छन्। बारले बहिष्कार गरेपछि प्रधानन्यायाधीशको बहिर्गमन एक प्रकारले भइसकेको उनको भनाइ छ। उनले भने, […]
काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वकिलहरूको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालत परिसर भित्र र बाहिर व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालतमा कम्तिमा चार तहको सुरक्षा घेरामा प्रहरी टोली तैनाथ छन् । जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको छ । […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताएका छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै उनले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरे । ‘प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू धर्नामा बसेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा कानुन व्यवसायी आन्दोलित छन्। आन्दोलनस्वरूप आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने उनीहरूको तयारी छ । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित छन्। सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। यसैबीच […]
अर्घाखाँची/रौतहट/धनगढी — प्रतिनिधिसभाका रिक्त स्थानमा उपनिर्वाचनको चर्चासँगै चुनावी जोडघटाउ सुरु हुन थालेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट–३ का प्रभु साह, कैलाली–३ का गौरीशंकर चौधरी र कैलाली–४ का लेखराज भट्टको क्षेत्र रिक्त भएका हुन् । २०७४ को आमनिर्वाचनमा उनीहरू एमाले र माओवादीको गठबन्धनबाट निर्वाचित भएका थिए । एमालेबाट फेरि पनि यी […]
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यस्तै नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश […]
काठमाडौं । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो । विज्ञापन प्रकाशित भएको मिति […]
काठमाडौं । कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । केही पक्राउ परेका छन् ।उनीहरु सर्वोच्च अदालत अगाडिको सडकमा छन् । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो । कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि […]
काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार सपथ लिएका छन् ।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश-१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश […]
काठमाडौं । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका […]
प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ […]