होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : ०७१ सालमा भएको नवौं महाधिवेशनमा भीम रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भए। चितवनमा हुने दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने रावलले घोषणा गरिसकेका छन्। उम्मेदवारी घोषणा गर्दै रावलले आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका छन्। तर रावललाई दशौं महाधिवेशनमा साख बचाउन चुनौती छ। सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल […]
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बिहान ११ बजे बस्ने भनिएपनि झण्डै सवा १२ बजेदेखि सुरु भएको हो। एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ । विधानअनुसार […]
गोरखा — ‘हेल्लो… हेल्लो…’ भन्दै चुमनुव्री गाउँपालिका–५ रानाकी डोल्मा गुरुङ एकोहोरो चिच्याइरहिन् । तर, ४० कोस दूरीमा रहेका साथीले उनी बोलेको सुनेनन् । गोरखा बजारका साथीको फोन आएपछि उनले ‘रिसिभ’ त गरिन् तर नेटवर्कले काम गरेन । अनि डोल्मा घरको छाना चढिन् । प्रोक गाउँको टावरले धेरैजसो काम नगरेपछि उनी फोनमा बोल्नकै लागि घरको छाना उक्लिन्छिन् । ‘फोनमा बोल्न नपाएको […]
काठमाडौँ — सत्ता बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको एमालेको १० औं महाधिवेशनले मुख्य रूपमा पाँच वटा सन्देश दिन खोजेको छ । महाधिवेशनको मुख्य काम नेतृत्व चयन भए पनि विभाजन भएको पार्टीलाई गति दिँदै राष्ट्रिय चुनौती सामना गर्न सक्षम रहेको सन्देश उसले दिन खोजेको छ । चितवन नारायणी किनारमा हुन लागेको महाधिवेशनले एमाले कमजोर भएको छैन भन्ने […]
विराटनगर । मोरङ मिक्लाजुङका सुभाष राई (नयन) उमेरले ३५ वर्ष पुगे । घरको जेठो छोरो राईको जिम्मेवारी परिवार पाल्नुपर्ने हो । तर शरीरमा पलाएको ट्युमरका कारण उनी आफैं अशक्त छन् । मिक्लाजुङ गाउँपालिका- ५ का राईको परिवारमा तीन जना छन् । बुवा बोल्न सक्दैनन् । सुभाष र उनका भाइ केवल दुवै रोगी छन् । दाजु-भाइको […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी […]
चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् । गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ । नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ […]
सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ […]
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी […]
सोमबार दिउँसो तीन बजेका लगि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भयो । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, यो बैठकमा केन्द्रीय कमिटीबाट मनोनित हुने महाधिवेशन प्रतिनिधि चयन लगायतबारे छलफल गर्ने कार्यसूचि छ । […]
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो । बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ । […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम मार्तडीमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना तथा जिआइजेड, सिडिएसजी र आइडिजिको आर्थिक तथा प्राविधिक सहायेगमा कार्तिक २९ गतेबाट संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो । बडीमालिका नगरपालिकाको सभा हलमा ८ दिनसम्म संचालन भएको आधारभुत तालिमका सहभागिहरुलाई सिडिएसजीका बावुराम पौडेल […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीभित्र भिलेनका रुपमा एमाले अध्यक्ष केपी ओली देखा परेको बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कम्युनिस्टहरु एक भएपछि धेरै ठुलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि […]
काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् । चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।
निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत […]
एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरुलाई भने बिदाई गर्दैछ । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागु गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाई हुँदैछन् । अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली […]
नागरिक रैबार बाजुरा ६ मंसिर खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले बाजुरामा साविककै मुल्यमा चामल विक्रि गर्ने भएकाे छ । दशैतिहारलाई लक्षित गरेर सहुलिएत दरमा विक्री गरेकाे खाद्य संस्थानले आजबाट लागू हुने गरि प्रति केजि चामल ४५ रूपैयाँमा विक्रि वितरण गर्ने बताएको छ । यस अघि दशै तिहारमा प्रति कुईन्टल चामलकाे मुल्यमा ५ सय छुट […]
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा […]
काठमाडौं । सोमबार बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको जानकारी दिए । यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठकमा महाधिवेशन तयारीका विषयमा […]
काठमाण्डाै – सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको […]