होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नवलपुर: सौराहमा जारी नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए। बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुुरु गरेको दुई घण्टाभित्र […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी […]
पोखरा — सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । ५ जनाको उद्धार गरी पोखराका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ ब जेर५० मिनेटमा सडकबाट अन्दाजी ३० […]
काठमाडौँ — नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । नेतृत्व चयनका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार २१५३ मतदातामध्ये २११४ जनाले मतदान गरेका हुन् । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान […]
हुम्ला – जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । खाद्यान्न अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सिमकोट र हिल्साबाट सोमबारदेखि ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लामो समयदेखि खाद्यान्न ढुवानी नभएपछि भोकमारीको खतरा देखिएको थियो । लिमीका लागि […]
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत खसेको जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयनका लागि बिहानदेखि मतदान भएको थियो भने अब मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ । एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज […]
बेनीः जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु भएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको हो। बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु […]
काठमाण्डौ– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ। चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो। पर्चामा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्न भनिएको छ भने त्यसबाहेकका उम्मेदवारलाई नहाल्न भनिएको छ। अध्यक्षमा भीम […]
वीरेन्द्र भट्ट, धनगढीः ‘बस्ने घर छैन। शरीर ढाक्ने फाँटो छैन। खाने अन्न छैन। कहाँ छ सरकार कहाँ छौँ हामी’ बाजुराकी गंगा सुनारले दुःख पोख्दै भनिन्। २ छाक खानकै लागि दिनभरी काम गर्दा पनि मजदुरी गरेको पैसा नपाएर भोकभोकै बस्नुपरेको पीडा बडिमालिका नगरपालिकाकी बस्दै आएकी ५७ वर्षीया सुनारको छ। सोमबार धनगढीमा आयोजित संकटासन्न व्यक्ति र समुदायका […]
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका […]
नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए। मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उमेदवारी […]
कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए। उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म त्यही क्लष्टरबाट उम्मेदवार बन्न […]
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् । उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही […]
आमाको कुटाइबाट मोरङमा छोराको मृत्यु भएको छ। कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको आमाको कुटाइबाट मृत्यु भएको हो। शनिवार राति मादक पदार्थ सेवन गरी घर आएको राजेन्द्रलाई आमा बातियो उराउले लट्ठीले कुटपिट गरेकी थिइन्। कुटपिटपछि घाइते भएका उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा आइतवार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ। छोराको हत्या गर्ने आमालाई […]
आमासहित दुई छोराछोरी घरमै मृत फेला परेका छन्। सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियमा कविता पासवान, उनकी ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मृत फेला परेका हुन्। कविता झुन्डिएको अवस्थामा र दुई बच्चाको सुतिरहेको अवस्थामा शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ। तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। श्रीमान् शिव […]
सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले कांग्रेस महाधिवेशन प्रतिनिधि बनेकी छिन्। सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन्। उनी खुला महिलातर्फको उम्मेदवार थिइन्। महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा उनले खसेकोभन्दा सबैभन्दा धेरै ४०९ मत ल्याएकी हुन्।दिनेश खबरबाट साभार
नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ । जसले गर्दा एमालेका महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ । ६ वटा उपाध्यक्ष पदका लागि ओलीले युवराज […]
धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय कमिटीको प्रस्तावित नाम सूची पेश गरेका छन्। उनले विगतको केन्द्रीय कमिटीका अधिकांसलाई समेट्दै नयाँ नामहरू थपेर पेश गरेका हुन्। उनले पेश गरेको सूचीमा सुदूरपश्चिमका २२ जना परेका छन्। प्रस्तावित केन्द्रीय कमिटिमा लेखराज भट्ट, कर्णबहादुर थापा, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, नरबहादुर […]
चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका […]