होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेपाली काँग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधान सभा सदस्य महाँ नेपालीले काँग्रेसको आशन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । यस अघि काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिीमा लोकप्रिय मत पाएर विजयी बनेका नेपालीले दलित समावेशीकोे तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला हो बाजुरा । बाजुरालाई सडक संजालसंग जोड्न विस २०५१ सालमा अछामको साँफेबगर देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सिलानास गरेका थिए । सडक सिलानास गरिएको २३ वर्षपछि मात्रै बाजुराको सदरमुकाम मार्तडीसम्म पक्की सडक संजाल जोडिएको थियो । सदरमुकाम मार्तडीबाट बस सेवा सूरु […]
बर्दिया– वर्षाभरि मेहनत गरेर लगाइएको धानबाली भित्र्याउनै लाग्दा बाढीले बगाएर लगेपछि बर्दिया, भदालीटोलका गर्वु चौधरी निकै चिन्तित छन् । यस वर्ष समयमै मनसुन भएकाले रोपाइँ गर्न पाएको र पटकपटक पानी परिरहेकाले उत्पादन पनि राम्रो देख्दा हर्षित उनी गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको मुसलधारे वर्षासँगै कर्णाली नदीमा आएको बाढीले काटेर राखेको धानबाली बगाएपछि […]
दसौं राष्ट्रिय महाधिवेशनबाट ७० वर्षे उमेरहदका कारण अमृत बोहरा, महेन्द्रबहादुर पाण्डे, सत्यनारायण मण्डललगायत नेता बिदा भइरहँदा नवनिर्वाचित केन्द्रीय कमिटीमा विभिन्न क्लस्टर र खुला कोटाबाट दर्जन युवाले प्रवेश पाएका छन् काठमाडौँ — रोल्पाकी ३२ वर्षीया ईश्वरी घर्ती र कञ्चनपुरकी ३२ वर्षीया कुमारी कमला बोहरा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको ३ सय १ सदस्यीय केन्द्रीय […]
नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै […]
धनगढी : नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको अग्रता कायमै छ। सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक पुगेको छ। ७ सय मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २७८ पुगेको मतगणनास्थलबाट पत्रकार प्रकाश बमले जानकारी दिए। बलायरको ४८१ […]
कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका -२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ। शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षती भएको बताइएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।दिनेश […]
कञ्चनपुर: लायन्स क्लब अफ धनगढी एभरेस्ट र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर सञ्चालन गरेको छ। शनिबार कञ्चनपुरमा शिविरको आयोजना गरिएको हो। कञ्चन बहुमुखी क्याम्पस गुलरियामा आयोजना भएको शिविरमा ५०९ जनाले सेवा लिएको क्लबकी अध्यक्ष सञ्जिता कुँवरले बताइन्। क्लबले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।दिनेश खबरबाट साभार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देनको समूहबाट लडेकी […]
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।राताेपाटीबाट
धनगढीः बैतडीको सिगासमा भुवा पर्वको रौनक छाएको छ। हरेक बर्ष मंसिर कृष्ण कृष्ण चतुर्दशी र औंसीका दिन भुवा पर्व मनाउने गरिएको स्थानीयहरुले बताएका छन्। भुवामा महिला र पुरुषहरु देउडा खेल खेल्ने गर्दछन्। यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व […]
काठमाडौँ: बैतडीमा टिमुर खेती सम्बन्धमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। इसिमोड, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन उपभोक्ता समूहबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरतसिंह बेदीले हस्ताक्षर गरेका छन्। हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक […]
काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ। अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनले पनि भोट हालेका छन्। निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्। बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको छ । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा […]
नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन् । मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन् । काँग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशील सदस्यता लिएको उनले बताइन् । […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरू भएको हो । अध्यक्ष पदमा विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ । अध्यक्ष पदका उम्मेदवार कमल […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड आफैंले उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक कक्षा १२ को नतिजा गत वर्षभन्दा खस्केको छ । गत वर्ष शिक्षकले आफ्ना विद्यार्थीलाई मनोमानी नम्बर दिँदा नतिजा ‘राम्रो’ देखिएको थियो ।विद्यालयले परीक्षा सञ्चालन गरे पनि बोर्डले बाह्य परीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या शून्य छ । २०७६ सालसम्म परीक्षाको सम्पूर्ण काम बोर्डले […]
काठमाडौँ — व्यक्तिगत विवरण फाराम भर्ने भन्दै जनगणनाको टोली उनको डेरामा आइपुग्यो । गणकले व्यक्तिगत र पारिवारिक विवरण खुलाउन चाहे । तर, थर खुल्ने डरले उनले वास्तविक पहिचान दिन सकेनन् । उनी दलित समुदायका हुन् । थर लुकाएर डेरामा बसेका उनलाई जनगणनाको विवरण टिपाउँदा पनि थर ढाँट्नुपर्यो । किन त ? ४१ वर्षीय उनी भन्छन्, ‘घरबेटीकै अगाडि थर खुलाउँदा कोठाबाट निकालिदिने […]
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् । बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल […]
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र […]
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताइन् । उनले नयाँ भेरिएन्ट […]