होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताए । ‘कसरी कूटनीतिलाई […]
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् । कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने […]
स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । माघ १९ मा बसेको […]
काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गरेका छन् । पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उनले स्थानीय तहको निर्वाचन घोषणा गर्दा समेत आफ्ना मुद्दा संवोधन नभए विकल्प […]
धनगढीः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी प्रकरणमा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै कटाक्ष गरेका छन्। ट्वीटरमार्फत उनले भित्रभित्रै एमसीसी पास गर्ने सहमति गरेर बाहिर अर्कै चरित्र प्रदर्शन गर्ने काम भएको भट्टराईको आरोप छ। ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भट्टराईले भनेका छन्, ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात, भित्र खाओवाद […]
काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । खासगरी प्रेम जोडीहरुको लागि यो उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् । अंग्रेजी क्यालेन्डरको १४ फेब्रुअरी आउन अझै बाँकी छ । यद्यपि प्रेम सप्ताह सुरु भइसकेको छ । ७ फेबुअरीदेखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात् यसरी बुझौं, १४ फेब्रुअरीको उत्कर्षमा […]
काठमाडौँ, २४ माघ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भट्टराईले पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु।PCR रिपोर्ट नेगेटिभ आएको छ। अब सार्वजनिक कार्यक्रममा फर्कनेछु। देशभित्र र […]
मस्को : रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन्। ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन्। यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ। त्यसैगरी यहाँको […]
काठमाडौं : फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। ‘रोज डे’ भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्। ‘रोज डे’ मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक […]
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बिलम्ब गरेको छ । स्थानीय तहको निर्वाचन जेठ ४ मा एकै चरणमा चुनाव गर्न माघ १९ गते सरकार र निर्वाचन आयोगबीच सहमति जुटेको थियो । तर, आयोगले दोस्रोपटक प्रस्ताव गरेको मिति पाँच दिन बितिसक्दा समेत सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । त्यसअघि आयोगले पुस ९ […]
नयाँदिल्ली — नाम गुम जाएगा चेहरा ये बदल जाएगा मेरी आवाज ही पहचान है गर याद रहे… आजभन्दा ४४ वर्षअघि आएको हिन्दी फिल्म ‘किनारा’ को गीत हो यो । गीतले भन्छ– ‘नाम हराउँछ, अनुहार यो फेरिन्छ, मेरो आवाज नै मेरो चिनारी हो, सम्झी राखे.. ।’ गुलजारका शब्दमा आरडी बर्मनले धुन भरेको र भुपिन्दर सिंहसँग उनले गाएको यो […]
सुर्खेत, जुम्ला — जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् । झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परी चिसोले दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतक चिनी (खिरौलो) संकलन […]
काठमाडौँ — एमसीसी मुद्दामा एकअर्कामाथि लगातार दबाब बनाउने रणनीति लिएर दाउपेचको राजनीति गरिरहेका प्रमुख तीन दलबीच संवादको थालनी भएको छ । आइतबार केही समयको अन्तरालमा सार्वजनिक भएका दुई पत्रले गठबन्धनमा रहेका दलहरूबीच थप अविश्वास पैदा भएको छ भने एमसीसी र संसद् अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षीसँग नयाँ चरणबाट वार्ता सुरु भएको छ । दलहरूबीचकै सहमतिमा एमसीसी संसद्मा […]
उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसँगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैयाँको सहयोग प्रदान गरेको हो । आइतबार दिउँसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, […]
काठमाडौं । साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ । क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र […]
काठमाडौं । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरू […]
काठमाडौं । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी […]
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो […]
काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् । यसअघि नै सरकारले विद्यालयहरुलाई […]