होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।पदाधिकारी बैठक मंगलवार […]
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा दलित समुदायले आफ्नो प्रतिनिधित्व बढाउन चुनाव केन्द्रित बहस र छलफल थालेको छ । दलित समुदाय अबको निर्वाचनमा आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन र जिताउने योजनामा जुटेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा दलित र महिलाको प्रतिनिधित्व कसरी बढाउने भन्ने विषयमा दलित […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले नयाँ पार्टी घोषणाको तयारी थालेका छन् । थापा निकट स्रोतका अनुसार नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा हुने छैन । थापाले हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ । निकटकाहरुसँग नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डालगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि […]
नागरिक रैबार बाजुरा २५ माघ नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको दोस्रो पुर्ण बैठक काेल्टीमा बस्ने भएकाे छ । नेकपा एमाले बाजुराका सचिव भरत थापाका अनुसार पार्टीको दाेस्राे पूर्ण बैठक आगामी फागुन ५ गते काेल्टीमा बस्ने भएकाे हाे । बैठकमा जिल्ला कमिटीका सदस्य, पदेन जिल्ला कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकाे छ । […]
२५ माघ, काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ […]
२५ माघ, काठमाडौं । फेब्रुअरी महिना नेपाली क्रिकेटको लागि व्यस्त महिना हुनेछ । १० महिनापछि अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन नेपालले एक खुड्किलो पार गर्नुपर्नेछ । तर त्यो खुड्किलो अर्थात् ग्लोबल क्वालिफायरको अवस्था फरक छ र नेपालले त्यहाँसम्म तय गरेको बाटो पनि । यसअघि रिजनल (क्षेत्रीय) छनोट खेलेको नेपाल यो पटक सिधै ग्लोबल […]
२५ माघ, काठमाडौं । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी विराटनगर महानगरपालिका–१८ को […]
२५ माघ, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ लगानीकर्ताको अपेक्षा स्थानीय निर्वाचनको मिति घोषणाका कारण बजारमा उछाल आउने थियो । सोही अनुसार बजार सुरुवाती केही मिनेट उच्च अंकले बढेको पनि थियो । त्यसपछि घट्न थालेको बजार सम्हालिन सकेन । मंगलबार १६.३० […]
काठमाडौंः सरकारले जागिर छाडेको १० वर्षभित्रका पूर्वसुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउने तयारी गरेको छ। यसका लागि उनीहरूको विवरण तयार गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिइएको छ। आज गृह मन्त्रालयमा भएको स्थानीय तहको निर्वाचन सुरक्षासम्बन्धी छलफलमा गृहका अधिकारीहरूले विवरण राख्न निर्देशन दिएका हुन्। “जागिर छाडेको १० वर्ष भएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न भनिएको छ। उनीहरूलाई […]
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो। छानबिन समितिले छ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको […]
बझाङ : बझाङका दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तहमा उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ। उक्त क्षेत्रको आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायलाई लक्षित गरी सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम कार्यान्वयन गर्न लागेको हो। चालु आर्थिक वर्ष ०७८÷७९ देखि नै कार्यान्वयन गर्ने […]
काभ्रेपलाञ्चोक : पनौती नगरपालिकामा ६ सय विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ। नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो। आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ। नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले […]
धनगढीः अछामका एकजना बेपत्ता भएका छन्। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ५० वर्षीय पदमबहादुर बुढा डोटीको सानागाउँबाट हराएका हुन्। उनी भारतबाट घर फर्किएका थिए। सोमबार धनगढीबाट बसमा अछामको मंगलसेनका लागि गएकामा उनी डोटीको सानागाउँबाट हराएका आफन्तले बताएकाछन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुढा सोमाबार खप्तड यातायातको २८६७ नम्बरको बसमा अछाम गएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । थापाले हेटौँडाबाटै अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा पत्र पठाएका हुन्।
धनगढीः सुदूरपश्चिममा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति प्राप्त भएको छ। मंगलबार बसेको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिएको हो। बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई सौर्य उर्जा आयोजनाको अध्ययन अनुमति दिने निर्णय गरेको हो। जसअन्तर्गत डडेलधुराको अमरगढीमा २२५ मेगावाट र डोटीको सिलगढीमा १२५ मेगावाट क्षमताको […]
नागरिक रैबार/बाजुरा २५ माघ । नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ । दुईसाता अघि नेविसंघ बाजुरा क्याम्पस ईकाइले बिभिन्न चार बुदे माग राख्दै बाजुरा क्याम्पसका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । . दुईसाता अघि बुझाएको ज्ञापनपत्र मार्फत माग गरिएको कुरालाई अहिलेसम्म पनि सुनुवाई नगरेपछि नेबिसंघ बाजुरा क्याम्पस इकाई क्याम्पसमा ताला […]
काठमाडौँ : गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया […]
पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएका छन्। कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताए। उनले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क […]
कैलाली: कैलालीमा दुर्लभ वन्यजन्तु जीवित सालकसहित एकजना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका –१ का जनक चौधरीलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको हो। चौधरीले सालक लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालकसहित फेला पारी पक्राउ गरेको हो। उनलाई उक्त सालकसहित आवश्यक अनुसन्धानको […]
धनगढीः कैलालीबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्ता पक्राउ परेका छन्। वन कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे ती व्यक्ति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनको नाम भने सार्वजनिक गरेको छैन। उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको बुझिएको छ। उनलाई कैलालीको पचमुडिया सव डिभिजन […]