होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् । बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई कसरी निकास दिने भनेर […]
धनगढीः अमेरिकी सहयता परियोजना (एमसीसी) बारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन्। एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताहरू छलफलमा जुटेका हुन्। माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा छन्। नेपाली […]
बैतडी: नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन्। १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन भएका छन्। यस्तै चारजना राष्ट्रिय परिषद् सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत […]
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन बचाउने प्रयास भइरहेको बताएका छन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा त्यसबारे निर्णायक छलफल गर्न बैठक राखेका छन् । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ । बैठकअघि विहान प्रधानमन्त्री देउवासँग छलफल गरेका दाहालले […]
काठमाडौं । गायक धिरज राईको सर्वाधिक हिट गीत ‘लुकी लुकी आँखा तिमी’ आज पनि दर्शक-श्रोताको मनमा बस्न सफल छ । धिरजलाई आज पनि यही गीतले संसार घुमाइरहेको छ । यो गीत रिलिज भएको २५ वर्षपछि धिरज राईले यसको म्युजिक भिडियो तयार पारेका छन् । ट्री इन्टरटेन्मेन्टको लगानीमा तयार भएको म्युजिक भिडियोको दुई दिन लगाएर काठमाडौंको […]
धनगढीः बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको […]
काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो । उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग […]
‘सामाजिक एकता पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ […]
काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कलाकारहरुले भेटवार्ता गरेका छन् । एमसीसीको कारण सत्ता गठबन्धन नै टुट्ने चर्चा भैरहेको बेला दाहाल भने आज घरमै कलाकारहरुसँगको भेटवार्तामा व्यस्त छन् । प्रचण्डका नजिकका मानिएका गायक चेतन सापकोटाले आज विहान गायक राजेशपायल राई, कलाकार सन्दीप क्षेत्री, रीता सिवाकोटी, मोडेल करिश्मा ढकाल […]
भारतीय ट्राभल कम्पनी एड्भेन्चर ओभरल्यान्डले २० हजार किलोमिटर लामो बस यात्रा सञ्चालन गर्दैछ।कम्पनीले भारतको दिल्लीदेखि बेलायतको लन्डनसम्म चल्ने बस सञ्चालन गर्ने भएको हो। विभिन्न रिपोर्टहरू अनुसार दिल्लीदेखि लन्डनसम्मको बस यात्रा ७० दिनको हुनेछ। यो बस म्यानमार, थाइल्यान्ड, लाओस, चीन, किर्गिस्तान, उज्बेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्यान्ड, चेक रिपब्लिक, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्स हुँदै बेलायत […]
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत रेन्डी बेरीले भेटेका छन् । बालुवाटार पुगेका बेरीले एमसीसीको विषयमा गम्भीर कुराकानी गरेको बुझिएको छ । एमसीसीको पक्षमा गठबन्धनका तीन दल नरहेपछि देउवासामु गठबन्धन तोड्ने या एमसीसीबाट पछि हट्नेबाहेकको विकल्प देखिएको छैन । यसकारण देउवाले एमसीसीको अडानलगायत भविष्यमा चाल्ने कदमबारे कुराकानी गरेको बुझिएको छ ।
कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख शम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालसँग छलफल गरेका छन् । विद्युत लाइन विस्तार गर्नका लागि रुख कटान गर्नुपर्ने भएकाले मन्त्री सिंहले सरोकारवाला […]
नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच छलफल भएको हो । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ […]
विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–४ अन्तर्गत जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको स्थानमा अर्को झोलामा शरीर पनि भेटिएको प्रहरीले जनाएको छ । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा एउटा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको थियो । जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र शव देखेपछि प्रहरीलाई बोलाएका थिए । […]
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् । […]
काठमाडौं । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको चलचित्रकर्मी प्रदीप दाहालले जानकारी दिए । आचार्यका श्रीमती र एक जना छोरा छन् । दुवै जना विदेशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अन्तिम संस्कार गरेका छन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । चलचित्र ‘तिलहरी’बाट […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा […]
काठमाडौं । कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् । हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार […]